Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

श-सस्त्र द्वन्द अनि त्यसपछीको संक्रमणकालले निम्ताएको दण्डहिनताको वातावरणले गर्दा नेपालमा पनि मानव अधिकारको बलियो जग बसाल्न बाँकी नै छ । कतै अपराधीहरुलाई कारवाहीगर्न बाँकी छ त कतै कानूनी खोल अोढाएर साथ र संरक्षण दिने जमातबाट पीडितहरूलार्इ न्याय दिन बाँकि छ । मानव अधिकारको परिधी नाघ्नेहरुलाई कानूनको दायरामा ल्याउन जरुरी छ ।

अन्तराष्ट्रिय मानव अधिकार दिवस
विशेष अडियो सामाग्री
Tap to listen
विकासका आधारहरुमा समृद्ध जीवनशैली खोजेका मान्छेहरुले अझै पनि एकअर्काप्रतिको आत्मियता र मैत्रीपूर्ण ब्यवहार सिक्न जरुरी छ । दिगो विकासकालागि मानव अधिकारको प्रत्याभूती जरुरी छ, धर्म, भाषा अथवा लिङ्गका नाममा मानव माथी हिंसा र आक्रमण भईरहेको वर्तमान परिपेक्ष्यमा समानताका लहरहरुको आवश्यत्तालाई मानव अधिकारका धारणाले मात्र सम्बोधन गर्न सक्दछन् ।