Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व मृगौला दिवस
विशेष अडियो सामाग्री
Tap to listen
स्वस्थ्य रहनु नै सबैभन्दा ठूलने धन हो र शरीरको ख्याल राख्नु हाम्रो दायित्व हो । यहि शरीर छ र त हामी छौ नत्र यो भोग अनि यो भौतिक उपस्थितीको मज्जा कहाँ हुन्थ्यो होला र ? त्यसैले त १२ औ शताब्दीका दार्शनिक अनि कवि रुमीले भनेका छन् कि तिमी एउटा ब्रहामण्ड भित्रको सानो प्राणी हैनौ बरु तिमी भित्र नै एउटा ब्रहमाण्ड लुकेको छ भनेर । वास्तवमा यो शरीर, चेतना अनि अवयवहरु मिलेर एउटा गज्जबको ब्रहमाण्ड हाम्रो शरीर भित्र लुकेको छ, त्यसैकारणले पनि हामीले स्वस्थ्य हुन र आफ्ना शरीरको अगंहरुको ख्याल गर्न जरुरी छ ।