Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व पर्वत दिवस
विशेष अडियो सामाग्रि
Tap to listen
पर्वतीय क्षेत्रमा हुने अव्यवस्थित बसोवास तथा पानीका श्रोतहरूमा भइरहेका अनेक विकास निर्माणका कार्यहरूले अनावश्यक रूपमा प्राकृतिक सन्तुलनमा नराम्ररी असर पारीरहेको छ । रूख काटिएका छन्, डाँडाकाँडा सम्म पारिएका छन्, विशाल ढुङ्गा फोरीएका छन्, नदीनाल गीट्टी बालूवा विहिन बन्दै गइरहेका छन् पर्वतीय खजानामाथि भएका निरन्तरको यो अप्राकृतिक दोहनले त्यहाँ आश्रित अनेक जीव जन्तु तथा चराचरहरूको दैनिकीलार्इ नराम्ररी असर गरेको त छ नै कतिपय दूर्लभ जीवजन्तु तथा जडीबूटीहरू त लोप पनि भइसके भने धेरैको अवस्था नाजूक छ ।