Dilli Prasad Kharal "Ghayal" · Aug 12, 2016
मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा
जिन्दगीलाई कालको मुखमा जाक्दै छु बाबा
कंयौ पटक भाग्यसंग पराजीत हुँदै आज
लक्ष्य विहीन गन्तब्यमा भाग्दै छु बाबा,
दुखियालाई दुखैमात्र कस्तो यो विडम्वना
जिन्दगीको उकालिमा थाक्दै छु बाबा,