बाकसभित्र परेंछु मTej Kumar Bastola · Aug 27, 2016सपनीमा मात्र भन्थें बिपनीमा मरेंछु म ।फुल्ने रहर बाँकि हुँदै कोपिलैमा झरेंछु म ।।दुई चार बाक्सा सामान बोकि घर आउँला भन्ने थियो ।दैब आई लगे मलाई बाकसभित्र परेंछु म ।।मेरो साटो दुईटि छोरी छोडेको छु उनीसँग।म त जल्ने भँए हेर बडेमानको धुनीसँग ।।