दशैं पनि आयो हजुरAmrit Bashyal · Oct 19, 2023दशैं पनि आयो हजुर ,तिहार पनि आए जस्तो छ |खुसी पनि छायो हजुर, उमंगले सबैको घर छाए जस्तो छ ||भन्दै होलीन् मेरी आमा, उ पनि यहाँ भैदिएको भए |उहि परिवारको सम्झनाले, परदेशीको मन खाए जस्तो छ ||