Vision Guragain · Aug 27, 2016
अहो! फँसिएछ जिन्दगीको भीरमा फँसिएछ।
दिल भित्रका अनेक अनेक पीरमा फँसिएछ।
सोचिएन कहिल्यै पनि प्रेमको नसा थियो।
तिम्रो सिउँदो सिन्दूर भरी सिरमा फँसिएछ।
अभावको भुमरीमा फँसेपछी मात्र बल्ल आज
लाग्न थाल्यो पक्का पनि जन्जिरमा फँसिएछ।