Prashant Uprety · Aug 30, 2016

क्रान्ति अाएपछि
गजलकार प्रशान्त उप्रेतिको गजल
Tap to listen
क्रान्तिकारी आकाशका ती तारा आएपछी
जिन्दावाद जिन्दावाद नारा आएपछी ।
खुल्ला बजार बनाएर पालै पालो ब्यापार गर्छौ
तहस नहस गरिदिन्छन् सारा आएपछी ।
आधूनिक दासताको त्यतिबेला जन्जिर छिन्छ
संविधानमा मेरो पनि धारा आएपछी ।