Vision Guragain · Aug 30, 2016

मुस्कुराउन खोजिएछ
गजल
Tap to listen
हेरेर तिम्रो तस्बिर मुस्कुराउन खोजिएछ।
बोकेर मन भरी पीर मुस्कुराउन खोजिएछ।
भक्कानिन्छ मन त्यसै अनेक बहानामा यहाँ
तोडेर पनि त जञ्जिर मुस्कुराउन खोजिएछ।
हास्नेहरु मात्रै खुशी देखिदैनन् अचेल कतै
रोएर पनि त आखिर मुस्कुराउन खोजिएछ।