Ashok Kharel · Aug 27, 2016
सधैं तिम्रै मात्र सरकार चल्दैन
ग्राहक बिना साहुले मात्रै बजार चल्दैन
तिमी जान्ने उ नि जान्ने सबै जान्ने आजभोली
याहा विद्वानहरूको बिचार चल्दैन
अब ठोस निर्णय लिनु पर्छ तिम्ले
खाली दुई मत अनि दोधार चल्दैन
समय कहाँ बाट काहा पुगिसक्यो
अब ढुङ्गे युगको त्यो ओढार चल्दैन