Ramprasad Gaire (Palpali) · Aug 6, 2016
नाफा खोरी चिन्तनले भाई पनि भाई हुँदैन बुझ यहाँ आलोचना गर्ने अरु क्वै पराई हुँदैन राष्ट्र रहे तिमी पनि भोली सम्मान पाउनेछौ छैन राष्ट्र हितमा नीति अधूरो धाई हुदैन
नाफा खोरी चिन्तनले भाई पनि भाई हुँदैन
बुझ यहाँ आलोचना गर्ने अरु क्वै पराई हुँदैन
राष्ट्र रहे तिमी पनि भोली सम्मान पाउनेछौ
छैन राष्ट्र हितमा नीति अधूरो धाई हुदैन
किन भन्छौ शक्तिसाली हुन्छु टुक्रा पारेर आज
सिंगो देश झुकाउने हाम्रो आफ्नो दाई हुँदैन