Ramprasad Gaire (Palpali) · Jul 31, 2016
सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म अामा म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
सुन्दर कोमल छ मेरो मन नदुखाउनु है
पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है
समाजमा सुगन्ध छर्न जन्मेको म अामा
म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है
हो म कोपीला भोलीको फुल पनि हुनेछु
अासुँले अामा अाफ्नै छाति नभिजाउनु है
भन्नुहुन्छ बाबा छोरा छोरी फरक हुँदैनन
घरको झमेलामा अामा अब नलगाउनु है