राज बिश्वकर्मा · Oct 21, 2016

तिम्रो यादले
गजल
Tap to listen
एकान्त होस् वा भीड, भावुक बनाइदिन्छ तिम्रो यादले
दुख होस् वा खुसी, ब्याकुल बनाइदिन्छ तिम्रो यादले।
दुरीले मलाई हजारौ कोष टाढा बनाएता पनि
रमाइला दिनमा बाधी नजिक बनाइदिन्छ तिम्रो यादले।
एकान्तमा आँखा बन्द गरी आफ्नै संसारमा हराउदा
हावाका तरंगसगै स्पर्स दिलाइदिन्छ तिम्रो यादले।