
अाजकल किन यति माया काली कर्णालीको विहानीको घामको झुल्का लाली कर्णालीको चारैतिर उजाड अनि पहाडी त्यो भिरमा सिञ्चित गरे सुन फूल्ने डाली कर्णालीको
मेरो घरको कोदो फापर पाँचऔंले अनि यर्सा
छिमेकीमा चासो किन खाली कर्णालीको
पराईको भर छाडी जति सक्छौ आफै गर
ज्यालादारी किन राख्छौ माली कर्णालीको