अभिनय गर्छन्प्रकाशमणि खनाल · Apr 15, 2021कोही चिनेर पनि नचिने झैँ अभिनय गर्छन्।कोही आफन्त झैँ नजीक आएर परिचय गर्छन्॥यौवन सौन्दर्यको मदमा मात्तिएछ मान्छे।चिता बिर्सिएर अहङ्कार कतिपय गर्छन्॥