Blog · Literatureकथा तथा उपन्यासहरू
Raju Pudasaini · Aug 17, 2016
लगभग एक वर्ष लाइनमा उनलाइ देख्दा मैले ज्योतिको पंख उचालिन । जय जय नेपाल पनि भनिनं कि, तर सुन्दर र शान्त नेपाल चैं देखें । के नेपाल मात्रै ? संसारै देखें, मैले राष्ट्रीय गीत सित प्रेम गीत पनि गाएँ ।
कल्पना र स्मृति भन्दा मिठो केहि हुन्न रहेछ, तर मलाइ यो त्यस्तो प्रेम हो जस्तो लाग्दैन जसलाइ दुनियाँले प्रेमको नाम दिएको छ । म त्यसलाइ दिमागमा हुने थोरै सुन्दर चिज मध्ये को एउटा मान्दछु । आत्मा सित जोडिएको एउटा स्मृति हो यो, सधैं सम्झिरहन्न पनि । महिनौंमा एक चोटी सम्झन्छु होला तर अाज वर्षौं पछि सम्झिएँ । उसो त मिठा कुराको खोजी हिड्ने, सम्झिबस्ने समय नै कहाँ मिल्छ र यो धर्तीमा ? जतिबेला प्रेम, यौनकुण्ठा , स्वार्थ, प्राप्ति-अप्राप्तिसंग जोडिएर कूरुप भएको पढ्छु, सुन्छु र देख्छु ! मलाइ सम्झना आउँछ । मेरो अवचेतनमा लेखिएको प्रेमको अर्थ हो यो, प्रेमको 'डिफल्ट एक्जाम्पल' भनुन ।