Blog · Literatureकथा तथा उपन्यासहरू
Suyog Dhakal · Jul 10, 2017
म अनि मजस्ता धेरै आजसम्म पनि यस्ता सभ्य बलात्कारको शिकार भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर हामी धेरैका पेटका मांशपेसीहरु दुख्दछ, कम्मरमुनीको त्यो दुखाई बिच हामी मुस्काइरहेका हुनसक्दछौ तर पीडा झुठो हुँदैन । श्रीमानले माया गर्दछ भन्दैमा श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो ।
यो एउटा कथा हो जुन वास्तविक छ र हो । कसैको हैन धेरको जिवनसँग मेल खाने छ, यो संयोग हैन किनभने मैले जे भोगेँ धेरैले भोगिरहेका छन् । यो एउटी महिलाको कथा हो, बेदनाको कविता हो । म एउटी सहनसिल पात्र हुँ र मेरा पति हृदयले सुस्त श्रवण छन्, उनिले मेरो भावना कहिल्यै सुन्दैनन ।