Blog · Literatureकथा तथा उपन्यासहरू
Ajit Kshetri · Aug 2, 2016
उमेरमा म भन्दा जम्मा ६ महिनाले मात्रै जेठा भएपनि म उनलाई आजकल दाई भनि सम्बोधन गर्थेँ तर ब्यवहार साथीको थियो । अरूको सामुन्ने तपाईं भनेपनि एकान्तमा म उनलाई तिमी र कैले काहि तँ पनि भन्न भ्याउँथें । दाई भनिदिएपछि आँफूलाई तँ भनेको पनि हेक्का राख्दैनथे उनी ।
"त्यो भिरमा भेटिएको लास माओवादीको थिएन भाई"- दाईले जवाफ दिए ।
"हँ" - मेरो मुखबाट अनायसै निस्क्यो । त्यसो भए कस्को त ?
"त्यो लास मध्ये एक तिनै अभागी गुरुङ्नी आमैको छोराको थियो जो सेनाबाट भागेर घर जाँदै थियो ।" - दाईले लामो सुस्केरा हाल्दै बोले । कुरा सुनेर म अवाक् भएँ ।
उसलाई कसले मार्यो होला, किन मार्यो होला- केही दिनसम्म मेरो मनमा यही प्रश्न ओहोरदोहोर गरिरह्यो ।