Blog · Literatureकथा तथा उपन्यासहरू
April 17, 2014 / LENDAAI
ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो । छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन । कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा । हतारोले गोजीसम्म हात पुर्याउन पाएन ।