Blog · Literatureकथा तथा उपन्यासहरू

SEPTEMBER 27, 2014 / LENDAAI
२०७१ असोज ११ बेलुकी ४ बजे
“हुँदैन, पाँच हजारभन्दा सकिन्न,” म आवेशमा आइसकेको थिएँ, “मन लाग्छ ल्याउनुस्, नलागे नल्याउनुस् ।”
बिहानैदेखि कन्चट उम्लेको थियो । पैसाको मामिलामा म कसैसँग गल्नेवाला थिइनँ ।
“नझर्किस्योस् न डाक्साप्,” फोनको अर्को खोँचबाट एम्बुलेन्स ड्राइभर बोल्यो, “हामी मिलेर गए पो आपसी भलाइ हुन्छ, हैन र?”