Blog · Literatureकथा तथा उपन्यासहरू

MAY 9, 2015 / LENDAAI
दराजबाट खुत्रुके खसेर एकैसासमा भुइँमा बजारिएर फुटेपछि छोरोलाई च्याप्प समातेर घोप्टो परेँ। ऊ दुइटा हातले आँखा छोपेर मेरो छातीमा लपक्कै टाँसियो। घर यसरी हल्लिएको थियो मानौं ऊ र म फनपार्कको रोटेपिङमा डराईडराई मच्चिरहेछौं।