Blog · Literatureकथा तथा उपन्यासहरू
Madan Pravat · Jul 9, 2016
'बस न!' अगाडि रहेको मेचबाट पुस्तक सारेर उनलाई बस्न आग्रह गरें । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।
म जुरुक्क उठें र अभिवादन फर्काएँ । अलिकति उघारिएको ढोकामा उनी उभिएकी थिइन् । अर्द्धशोक मिश्रति मुद्रामा । मानौं उनी केही बेरपछि नै ग्वाँऽऽग्वाँऽति रुनेछिन् । मैले उनीसँग हात मिलाएँ । उनको हात पहिलेकोेजस्तो दह्रो थिएन । सामान्य भन्दा पनि लुलो भएको थियो । लाग्थ्यो उनले अनुभूति गरिरहेको पीडा-शोक-वेदनाको त्रिशंकु उनका हर अंगहरुले अभिव्यक्त गरिरहेका छन्, हरपल अभिव्यक्त भैरहन चाहन्छन् ।