Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Sep 29, 2018
कारावास जीवनवाट फर्किएका यी ट्यालेन्टले आफ्नो जीवनको एउटा नयाँ पाटो द भ्वाइस अफ नेपालबाट प्रारम्भ गरे । नारायण गोपालको कालजयी गीत "मलाई माफ गरिदेउ"मा उनको त्यस प्रस्तुतीका लागि दीप, अभया, सनुप अनि प्रमोदले क्रमशः बजर थिचेका हुन् । विवेक लामाले कोचका रुपमा अभायालार्इ रोजे ।
"द भ्वाइस अफ नेपाल" केवल ट्यालेन्टहरुको छनौटमात्र नभई ट्यालेन्टहरुको कोच छनौट पनि हो, यसै क्रममा केहि यस्ता निखारेका आवाजहरु ब्लाइण्ड अडिसनमा सहभागी थिए जसको प्रस्तुतीमा चारैजना कोचहरुले बजर थिचेर कुर्सि घुमाए । यि प्रतिभाशाली आवाज र संगीतको अद्भूत प्रस्तुतीमा चारैजना कोचहरुले आ-आफ्नो समूहमा आउन निमन्त्रण दिए ।