Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Oct 13, 2018
गएको साता के के भयो त? कुन कुन कोचको टिमा को को आए अनि हराए? को को स्टेल भए अनि को कसले ब्याटलमा कसकसलाई पछि पारे बात मारौं । प्रस्तुत छ अहिलेसम्मको चेकलिष्ट , द भ्वाइसको ब्याटल राउण्डको ।
कास्की ढुगेसाँघुका सुवास भण्डारी द भ्वाइसका नियमित दर्शक हुन् । उनी टिभीमा उत्ति हेर्न नभ्याएपनि हरेक इपिसोड दोहोर्याई, तेहर्याई गरिकन यूट्यूबमा हेर्छन् । आशिष गुभाजु उनलाई मनपर्ने ट्यालेन्ट हुन्, द भ्वाइसको फेसबुक पेजमा उनी लेख्दछन कि स्टेल का कारणले आशिष लगायत धेरै रिंग बाहिर नजानुपर्ने ट्यालेन्टहरुले अवसर पाएका छन् भनेंर ।