Blog · Literatureद भ्वाइस अफ नेपाल
Suyog Dhakal · Sep 16, 2018
नेपालमा अाफ्नो पहिलो शोबाटै अहिलेसम्मकै सर्वाधिक रुचाइएको र हेरिएको रियालीटी शोका रुपमा द भ्वाइस अफ नेपाल सिजन १ को अहिलेसम्म अाधा दर्जनबढी श्रृंखला सार्वजनिक भइसकेको छ ।
संसारलाई एकै सुत्रमा बाँध्न कुनै चिज सफल छ भने त्यो हो सङ्गीत । गायन अनि विभिन्न वाद्यवाधनबाट तरङ्गीत सङ्गीत हाम्रो मानव सभ्यताको रगरगमा बसेको छ । कहिले भजन त कहिले मेलापात, कहिले चाडपर्व त कहिले दशैंको सरायँ, नेपाली परिवेशमा त सङ्गीतको बिछट्ट छाप सदासर्वदा रहिआएको छ ।