लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान सुरु
annapurnapost.com · Tue Dec 03 10:55:46 GMT 2024

काठमाडौं : लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको छैठौं संस्करण-#DigitalDecember2024 अभियान सुरु भएको छ। ‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्नका लागी विभिन्न अफरहरू प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरू पनि गर्ने छ।
बैंकका ग्राहकहरूलाई विशेष अफर: सरलीकृत कर दाखिला: डिसेम्बर महिनाभरी मोबाइल मनी मार्फत आफ्नो (स्थायी लेखा नम्बर) वा राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाइल रिचार्ज गर्ने ग्राहकहरूले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन्। आफ्नो खातामा यसरी प्यान वा एनआईडी अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरू पनि हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)