नेप्से दोहोरो अंकले बढ्यो, दुई अर्ब ९३ करोडको कारोबार
baahrakhari.com · Wed Sep 02 09:39:36 GMT 2026

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । बुधबार (भदौ १७) नेप्से परिसूचक १५.४४ अंक अर्थात् ०.६१ प्रतिशतले बढेर २५३८.११ विन्दुमा बन्द भएको हो । मंगलबार नेप्से सूचक ९.२४ अंकले बढेर २५२२.६६ विन्दुमा आइपुगेको थियो ।
आज लगानीकर्ताले कुल दुई अर्ब ९३ करोड ६५ लाख ६० हजार १६७ रुपैयाँबराबरको सेयर कारोबार गरेका छन् । सूचकसँगै कारोबार पनि सुधारिएको छ । यसअघिको दिन दुई अर्ब ९० करोड रुपैयाँको कारोबार भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)