इरान वैज्ञानिक: इरानका वरिष्ठतम परमाणु वैज्ञानिकको तेहराननजिक हत्या
DAILY DIGEST (Click here to view daily digest)

इरान वैज्ञानिक: इरानका वरिष्ठतम परमाणु वैज्ञानिकको तेहराननजिक हत्या

bbc.com . २ महीना अघि

राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले पुष्टि गरेको छ।

दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

इरानका विदेशमन्त्री जवाद जारिफले "कुनै राज्यद्वारा गरिएको आतङ्कवादी कर्म" भन्दै हत्याको निन्दा गरेका छन्।

इरानको गोप्य पारमाणविक कार्यक्रममा फख्रिजादेहको भूमिका रहेको पश्चिमा गुप्तचर निकायहरूको विश्वास रहिआएको छ।

भूमिका

"यदि इरानले पारमाणविक अस्त्रहरूको विकास गर्न चाह्यो भने फख्रिजादेह इरानी बमका पिता ठहरिनेछन्," सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्सलाई भनेका थिए।

क्षेप्यास्त्र प्रहारपछि इरान 'तल पर्‍यो'

परमाणु सम्झौताका कुनै पनि प्रतिबन्ध नमान्ने इरानको घोषणा

इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै आएको छ।

इरानले प्रवर्द्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठतम वैज्ञानिकको हत्याको समाचार बाहिर आएको हो।

गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धित युरेनियम महत्त्वपूर्ण मानिन्छ।

सन् २०१५ मा छवटा शक्ति राष्ट्रहरूसँग भएको सम्झौताले इरानको प्रवर्द्धित युरेनियम उत्पादनलाई सीमित तुल्याइदिएको थियो।

तर सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो देशलाई सम्झौताबाट अलग गरेपछि इरानले पनि उक्त सहमतिलाई मान्न छोड्यो।

लामो समयदेखि इजरेलले सम्झौताको विरोध गर्दै आए पनि राष्ट्रपति निर्वाचित जो बाइडनले ज्यानुअरीमा पद सम्हालेपछि इरान सँगको सम्झौतामा अमेरिका फर्कने प्रतिबद्धता जनाएका छन्।

सन् २०१० देखि २०१२ को अवधिमा इरानका चारजना परमाणु वैज्ञानिकको हत्या भएको छ र हत्यामा इजरेलको संलग्नता रहेको तेहरानले आरोप लगाउने गरेको छ।

सन् २०१८ को एप्रिलमा इरानको पारमाणविक कार्यक्रमबारे प्रस्तुति दिँदा खासगरी इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले फख्रिजादेहको नाम उल्लेख गरेका थिए।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.