
नेपाल कोरोना भाइरसः थप १६ सय जनामा सङ्क्रमण, मृतकको सङ्ख्या १४ सय नाघ्यो
विगत २४ घण्टामा नेपालभरि १,६०० भन्दा केही बढी मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
सो अवधिमा २३ जनाको कोभिड-१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २७ हजार नाघेको छ।
नेपालको कोरोनाभाइरस 'भारत र साउदी अरबमा फैलिएको प्रकारसँग मिल्दोजुल्दो'
कोभिड एन्टिबडी मानिसको शरीरमा 'कम्तीमा ६ महिना बस्छ'
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।
मन्त्रालयले बिहीवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १६,७९३ जनामा सक्रिय सङ्क्रमण छ।
अहिलेसम्म देशभरि १,४१२ सङ्क्रमितको मृत्यु भएको सरकारको तथ्याङ्कले देखाउँछ।
कति जना निको भए?
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १,४३७ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल दुई लाख ९,४३५ जना निको भएको सरकारी तथ्याङ्क छ।
'माउथवाश'ले ३० सेकेन्डमा कोरोनाभाइरस मार्न सक्छ
नेपालमा कोभिड-१९ खोप दिन 'अर्बौँ रुपैयाँ आवश्यक', कसले बेहोर्छ खर्च
मङ्गलवार १,७९० जनामा सङ्क्रमण र २४ जनाको मृत्यु तथा बुधवार थप १९ सय ४८ जनामा सङ्क्रम र २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।
काठमाण्डू उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।

के हो?
कसरी जोगिने?
के हुन्छ?
सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
भिडिओ:
नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
भिडिओ:
के जान्नै पर्छ?

Liked by:
कोरोना भाइरस: आनुवंशिक संरचना अध्ययनको निष्कर्ष, 'नेपालमा फैलिएको विषाणु भारत र साउदी अरबमा फैलिएको प्रकारसँग मिल्दोजुल्दो'


कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो


२४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,४१२ पुग्यो


२४ घण्टामा ६ लाख १४ हजार कोरोना संक्रमित थपिदा १२ हजारको मृत्यु

