युक्रेन युद्ध: लिसेचान्स्क कब्जासँगै आक्रमण जारी राख्न रुसी रक्षामन्त्रीलाई पुटिनको आदेश
DAILY DIGEST (Click here to view daily digest)

युक्रेन युद्ध: लिसेचान्स्क कब्जासँगै आक्रमण जारी राख्न रुसी रक्षामन्त्रीलाई पुटिनको आदेश

bbc.com . १ महीना अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको लिसेचान्स्क सहर कब्जा गरेपछि आफ्ना रक्षामन्त्रीलाई युक्रेनमा आक्रमण जारी राख्न आदेश दिएका छन्।

पुटिनलाई रुसी टेलिभिजनमा "पहिले नै स्वीकृत योजना" अनुसार आफ्ना लक्ष्य पछ्याउन अन्य मोर्चामा पनि अघि बढ्न आह्वान गर्दै गरेको देखाइएको थियो।

लिसेचान्स्कमा कब्जा गर्नुको अर्थ लुहान्स्क क्षेत्र अब रुसी हातमा छ भन्ने हो।

यसैबीच एकजना वरिष्ठ युक्रेनी अधिकारीले लिसेचान्स्क सहरमा आफ्नो नियन्त्रण गुमेपछि रुसी फौजलाई पश्चिमतर्फ अघि बढ्नबाट रोक्नका निम्ति आफूहरूले सैन्य सुदृढीकरण गरिरहेको बताएका छन्।

रुसी कब्जामा रहेको लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हट्ने क्रममा कुनै पनि क्षति नभएको बताएका हुन्।

रुसद्वारा एउटा मुख्य युक्रेनी सहर लिसेचान्स्क कब्जा गरेको दाबी

रुसले किन रणनीतिक महत्त्वको स्नेक आइल्यान्डमा पकड गुमायो

रुसले गुमाएका सैनिक जेनरलको रहस्य

युक्रेनी अधिकारीको भनाइ

उनले रुसी सैनिकहरूलाई पश्चिमतर्फ थप अघि बढ्न नदिनका लागि युक्रेनी फौजले आफूलाई सुदृढ पारिरहेको दाबी गरेका छन्।

उनले रुसीहरूले टाढैबाट हमला गरेर सहर ध्वस्त नपारुन् भनेर आफूहरूले त्यसलाई छाडेको बताए।

उनले लुहासन्स्क रुसी नियन्त्रण जानु पीडादायी भएको भन्दै तर आफूहरूले एउटा लडाइँ हारे पनि पूरै युद्ध नहारेको बताएका छन्।

युक्रेनमा लड्न अस्वीकार गर्दै रुसी सैनिक

यी खनिज जसका लागि भविष्यमा विभिन्न देशबीच चर्को प्रतिस्पर्धा हुन सक्छ

उनले रुससँग लड्नका लागि थप हातहतियार दिन पश्चिमा देशहरूलाई आग्रह पनि गरे।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले लिसेचान्स्कलाई फिर्ता लिने वाचा गरेका छन्।

रुसी बमबारी

रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरहरूमा बमबारीलाई तीव्र पारेको छ।

उसले स्लोभियान्स्क र क्रामाटोर्स्कलाई लक्षित गरी त्यस्ता हमलाहरू गरिरहेको छ।

डोनेट्स्क र लुहान्स्क दुवै औद्योगिक डोन्बास क्षेत्रमा पर्छन्।

रुस युक्रेन युद्धका सम्भावित पाँच परिणाम के हुन सक्छन्?

एउटा लडाइँ जसले पूर्वी युक्रेनमा युद्धको नतिजा 'निर्धारण गर्ने छ'

पुटिनले रक्षामन्त्री सर्गेई शोइगुलाई लुहान्स्क कब्जा गर्ने अभियानमा भाग लिएका सैनिकहरूले "आराम गर्दै लडाइँको क्षमता विकास गर्नुपर्ने" बताएको देखिएको थियो।

"पूर्वी र पश्चिमी क्षेत्रका समूह लगायत अन्य सैन्य एकाइहरूले पूर्वस्वीकृत योजना अनुसार आफ्नो कार्यहरू पूरा गर्नुपर्छ," उनले भने।

पुटिनले ती मोर्चामा पनि उनीहरूले लुहान्स्क क्षेत्रमा जस्तै सफलता पाउने आशा व्यक्त गरेका छन्।

२४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए।

रुस समर्थित पृथकतावादीहरूले त्यहाँ सन् २०१४ मा विद्रोह सुरु गरेका थिए। त्यसै वर्ष रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो देशमा गाभेको थियो।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.