कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन् | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्





के हिउँद अनि के बर्खा ? हरेक मौसममा हाम्रो देश अनि समाजमा जन्डिसको सङ्क्रमण पाइएको छ । दूषित पानी, खाना लगायतका कुराले यो कलेजोको सङ्क्रमण ज्यान लिने अवस्था सम्म पुग्दछ । फेरि हामीहरूमा धेरै एलोपेथिक या आर्यूवेदिक ओखती सेवन गर्ने, मद्यपान गर्ने बानी पनि छ । यी सबै कुराहरू लगायत दैनिक व्यायामको कमी लगायतका तथ्यहरूले हाम्रो कलेजोलाई झनै जोखिम तुल्याउँदछ । आउनुहोस् आज जानिराखौँ घरै बसेर कलेजोको स्वास्थ्यका कुराहरू कसरी थाहा पाउने र केही खराबीका लक्षण देखिएमा आँफैं तुरुन्त स्वास्थ्यकर्मीकहाँ जान सकिने उपायहरू ।

१. तपाईँको पेट बिसन्चो भई सधैँ झाडापखाला भइरहेमा
हुन त डिप्रशेन, सुरुवाती गर्भावस्था, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरू बाहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयुक्त हुन्छ ।

२. लगातार कमजोर महसुस हुनु
कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापि बिना कुनै विशेष कारण सधैँ कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनी चनाखो हुन जरुरी बताइन्छ । कलेजोले पर्याप्त रूपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमिकलहरूको असन्तुलनमा शरीरमा प्रोटिनहरू कम हुन जाने गर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

३. खानामा अरुचि

कलेजोमा खराबी भएमा शरीरमा प्रशस्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुचि हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रूपमा पच्न पाउँदैन अनि शरीरको तौलमा एक्कासि नाटकीय कमी हुन्छ ।

४. पिसाबको रङ्ग परिवर्तन भएमा
स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरूको पिसाब सामान्य रङ्गको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रङ्ग सुन्तला या खैरो रङ्गको हुन सक्दछ । बिचार पूर्याउन जरुरी छ ।

५. शौचको रङ्गमा परिवर्तन भएमा
शौचको रङ्गमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रङ्गको देखिएमा एकफेर चिकित्सकलाई भेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रङ्ग परिवर्तन हुन सक्दछ ।

६. जन्डिस देखिएमा
अक्सिजनलाई वितरण गर्न रातो रक्तकोशीकाको महत्त्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्त कोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेँलो हुने र जन्डिस देखिने हुन सक्दछ ।

७. पेटमा परिवर्तन
मेडिकल साइन्सका अनुसार महिलाहरूको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट सम्बन्धी पीडाहरूलाई सामान्य रूपमा लिइन हुँदैन । पेटमा कुनै पीडा या अफ्ठेरो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ, संवेदनशील बन्न जरुरी छ ।

स्वस्थ धन सर्वप्रधानम, स्वास्थ्यको ख्याल राख्नुहोला अनि माथि उल्लेखित कुनै लक्षण देखिएको छ भने एकफेर चिकित्सकको मा पो जाने हो कि ? आहार बिहारको ख्याल गरौँ । प्रस्तुत जानकारी हामीले बिश्वप्रसिद्ध मायोक्लीनीकको ब्लगबाट साभार अनि अनुवाद गरेका हौ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.