बास्ना आउने बाँसुरी | Hamro Patro

ब्लग - साहित्य / बाल साहित्य

बास्ना आउने बाँसुरी




   शुभी लामिछाने - Feb 02 2023

क. परिचय
‘बास्ना आउने बासुरी’ एक बाल उपन्यास हो । यो बाल उपन्यासका लेखक रोशन पोखरेल हुन् भने यसमा चित्र भर्ने काम दुजमान चित्रकारले गरेका हुन् । यो बाल उपन्यासका सम्पादक कृष्णदीप सिग्देल हुन् । यो पुस्तकको पेज डिजाइन समान श्रेष्ठले गरेका हुन् । यस पुस्तकको प्रकाशन साङ्ग्रिला पुस्तक प्रा.लि. ले गरेको हो । यस पुस्तकको मुद्रण सौगात प्रिन्ट्स प्रा.लि.ले गरेको हो ।

ख. कथावस्तु
मायाले बासुलाई बोलाउछिन्। बासु एकोहोरो भएर झ्याल बाहिर हेरिरहेको हुन्छ। यसरी यस पुस्तककाे कथाकाे सुरुवात हुन्छ। बासु केही दिनदेखि झ्याल बाहिर एकोहोरो हेरेर बसिरहेको थियो। बासु झ्याल बाहिर एउटा साइकल चलाइरहेको बच्चालाई हेरिरहेको थियो। मायले बासुलाई साेध्दा पनि केही भन्दैन थियो तर एक दिनको कुरा थियो मायाले बासुलाई सोध्दा बासुले मलाई एउटा साइकल चाहिएको छ भन्छ । यो सुनेर माया छक्क पर्छिन् किनभने योभन्दा अगाडि बासुले केही पनि मागेको थिएन । मायाले उसलाई म केशवलाई सोधिदिन्छु भन्छिन। केशव भरियाको काम गर्थे। केशव घर फर्किएपछि चिया खाँदै थिए । त्यति बेला मायाले उनलाई बासुको इच्छा भन्छिन् । केशव बासुको साइकल चलाउने इच्छा सुनेर छक्क पर्छन् । किनभने बासुले योभन्दा अघि केहीको पनि माग गरेको थिएन । यही कारणले केशवलाई नाइ पनि भन्न मन लागेन। त्यसैले केशवले बासुको जन्मदिनमा किनिदिन्छु भने। यो कुरा भइरहेको बेला बासु त्यही छेउमा बसिरहेको हुन्छ र माया र केशवको कुरा सुनेर बसिरहेको हुन्छ । बासु जन्मदिनमा साइकल किनिदिने कुरा सुनेर खुसी हुन्छ। बासुले धेरै दिनसम्म त्यही साइकलकै बारेमा सोचेर बसिरहन्छ। अर्कोतिर केशवले किनिदिन्छु त भने तर साइकलको लागि पैसा चाहिँ कहाँबाट जम्मा गर्ने भन्ने चिन्ता लागिरहेको थियो। केशवले छोराको लागि साइकल किनिदिनका लागि बिहानै काममा जान थाले। केशवलाई चिया खाने बानी थियो। केशवलाई जति हतार भए पनि उसले एउटा मन्दिरको परिक्रमा र त्यहाँको भगवानको दर्शन गर्न चाहिँ कहिलैयै पनि बिर्सेनन् । उनलाई यो बानी काेही कसैलाई पनि थाहा थिएन। केशवले दिनरात परिश्रम गरेर त्यो पहेँलो साइकलको लागि पैसा कमाउन थालेका थिए। केशव, माया र बासुको सानो परिवार थियो। उनको घर सानो थियो। कोठा भने थिएन। भान्सा कोठा, केशव र मायाको खाट र बासुको खाट सबै एउटै कोठामा थियो। केशवले उसका साथी भूलनलाई सोधाैँ भन्ने सोचे तर भुलनको पनि आर्थिक अवस्था पनि त्यति राम्रो थिएन । त्यसपछि केशवले चिया नखाएर हाेस् वा विविध खर्च कटाएर हाेस् दिनरात मरी मेटेर पैसाकाे जाेहाे गर्न थाले । बासुको जन्मदिनभन्दा एकदिन अगाडिको रात थियो। माया र केशवले साइकल किन्ने पैसा गनिरहेका थिए । त्यहाँ ४३०० मात्रै थियो तर साइकलको लागि ५००० चाहिन्थ्यो। अर्को दिन बासुको जन्मदिन थियो । त्यो दिन केशव बिहानै उठेर काममा गए । त्यो दिन केशव मन्दिरभित्र गए। त्यहाँ भएको भगवानको मुखमा अबिर लागेको थियो। केशवले त्यो अबिर आफ्नो रुमालले पुसिदिए र काममा गए । उनी तरकारी बजारमा गए तर त्यहाँ केही पनि काम भेटाउँदैनन् । त्यसपछि केशव साइकल पसलमा पनि जान्छन् । त्यहाँ २ वटा साइकल थिए। एउटा रातो थियो भने अर्को पहेलो थियो । पहेलो वाला रातोभन्दा सस्तो थियो तर छोराले चाहेको त पहेलो साइकल थियो तर साहुले जति भने पनि दाम घटाउन मानेनन् । साहुले भने एउटा ६०० को घन्टी हालिदिन्छु भने। केशवले फेरि पसल कति बजेसम्म खुल्ला हुन्छ भनेर सोध्छन् । साहुले ८ बजेसम्म तर तपाईँ आउने हो भने ८:३० मा बन्द गरिदिउँला भन्छन्। त्यसपछि केशव काम खोज्न जान्छन् । केशवले एउटा सुटकेस र एउटा दराज बाेक्ने काम पाउछन् । त्यसपछि उनी बल्ल तल्ल ५००० कमाएर साइकल किन्न जान्छन् । गल्ली गल्ली हुदै केशव सडकमा पुग्छन् । उनी सडकमा पुग्दा एउटा पन्ध्र सोह्र बर्षको केटो बाँसुरी बजाँउदै हिडीरहेको थियो। त्यतिबेला एउटा गाडीले त्यो केटोलाई हानिदिन्छ । गाडीको चालक बदमास रहेछ क्यारे मान्छेलाई मारेर जान खोजेको रहेछ तर केशवले त्यो गाडीलाई भगाए र त्यो केटोलाई अस्पताल लगे । असपताल लगेपछि केशवले एउटा मानिसको भनाइमा इमर्जेन्सिमा लगे । त्यहाँ एउटा डाक्टरले पहिले भर्ना गर्नुपर्छ भनेपछि केशव भर्ना गर्ने ठाउँ गएर आफ्नै नाम र ठेगाना दिएर भर्ना गरे । त्यहाँकी महिलाले भर्ना शुल्क भन्छिन् तर शुल्क धेरै महङ्गो हुन्छ तर केशवले साइकल किन्ने पाँच हजार दिन्छन् । त्यतिखेर इमरजेन्सीका डाक्टर आउँछन् र अलि छिटो गर्न भन्छन् । यो सुनेर त्यहाकी महिलाले पनि पाँच हजार नै लिन्छिन् । केशव बिरामी पर्खिने ठाउँमा बसिरहेका हुन्छन् । त्यतिबेला उनले धेरै किसिमका रोगअरू भएका मानिसलाई देख्छन् । केटोको अप्रेसन भइसकेपछि केशव केटालाई हेर्न गएको बेला केशवको गोजीमा केटाको बाँसुरी हुन्छ । त्यो बाँसुरी निकाल्दा पारिजात फूलको वासना कोठाभरि फैलिन्छ । त्यो बाँसुरी केशवले केटाको सिरानीको छेउमा राखेर जान्छन् । अस्पतालको बाहिर निक्लिदा धेरै राति भैसकेको हुन्छ । अस्पतालको उज्यालोले उसलाई बाहिर अध्यारो भएको थाहा नै भएन । केशव घरतिर फर्किरहेका थिए । सब्जी मण्डीका कुकुरअरू केशवलाई देखेर भुकिरहेका थिए । यतिबेला लाग्थ्यो कि बाटोमा कुकुर र जडियाअरू मात्र थिए । केशव घर नजिक पुगिसकेका थिए । भानुनगरका कुकुरअरू भने सारै अल्छी थिए, भुक्दैन थिए टाउको मात्र उठाएर हेर्थे । केशव घर पुग्दा उसको घर जति सानो भएपनि उज्यालोले झिलिमिली थियो । छिमेकीको घरबाट ल्याएको बिजुलीले केशव र उसको परिवारलाई पुग्थ्यो । घर भित्र छिर्दा माया र बासु दुबैले नयाँ लुगा लगाएका थिए । भुईंभरि उपहार नै उपहार थिए । यो देखेर केशव छक्क परे र मायालाई यो सबै कस्ले ल्याएको हो भनेर सोधे । मायाले उसलाई तपाईंले नै पठाइदिनु भएको होइन ? भनेर सोध्छिन् । केशवले मैले पठाएको होइन । हामीले यी सबै सामानअरू फिर्ता दिनुपर्छ भनेर भन्छन् । मायाले होइन यहाँ एउटा केटा आएको थियो । उसले हामी सबैलाई चिन्दथ्यो । उसलाई त आज बासुको जन्मदिन हो भनेर पनि थाहा थियो । अनि उसले यी सबै सामानअरू तपाईंले नै पठाइदिनु भएको हो भन्यो भनेर भन्छिन् । केशवले साइकलतिर हेर्छ, साइकल त्यही पहेँलो रङ्को घण्टी लगाएको हुन्छ । मायाले केशवलाई एउटा रङगीचङ्गी कागजमा बेरिएको उपहार दिन्छिन् र भन्छिन अनि यो उपहार चाहिं तपाईंलाई दिनु भनेको थियो । केशवले उपहार खोल्दा त्यही बाँसुरी थियो र त्यही पारिजात फूलको बासना आइरहेको थियो । अर्को दिन केशव ढिलो उठ्छन् र त्यतिबेला माया पनि उठिसकेकी थिइन् । मायाले केशवले चिया खान छोडेको कुरा बिर्सेर चिया पकाइदिन्छिन् । केशवले चिया खान्छन् र बजारतिर लाग्छन् । पहिला उनी साइकल साहुकोमा जान्छन् र हिजो मैले हेरेको साइकललाई के भयो भनेर सोध्छन् । साहुले तपाईंले नै किनेर हिजो लग्नुभएको थियो । एउटा केटो आएको थियो र तपाईंले साइकल लिन पठाउनुभएको भनेर भनेको थियो । त्यसपछि केशव अस्पताल जान्छन् र हिजो मैले भर्ना गरेको बिरामीलाई के भयो भनेर साध्छन् । उनले त्यहाँ थाहा पाउँछन् कि हिजो त अस्पतालमा कोही पनि राति भर्ना भएको थिएन । यति जानेर केशव घर फर्किन्छन् र यसरी कथाकाे समाप्त हुन्छ ।

ग. पात्र वा चरित्र
यस बाल उपन्यासका पात्रअरू केशव, माया, बासु, भुलन, साइकल साहु, सुटकेस बोकिरहेको बच्चा, केशवका साथीअरू, अस्पतालका कर्मचारीअरू, जडिया, कुकुरअरू, फर्निचर पसलका साहु, दराज किनेर लग्ने मानिस, तरकारी पसलका साहु, दुर्घटनामा परेको केटा र सवारी चालक आदि रहेका छन् । यहाँ केशव, माया, बासु, भुलन, साइकल साहु, सुटकेस बोकिरहेको बच्चा, केशवका साथीअरू, अस्पतालका कर्मचारीअरू, जडिया, कुकुरअरू, फर्निचर पसलका साहु, दराज किनेर लग्ने मानिस, तरकारी पसलका साहु, दुर्घटनामा परेको केटा आदि सबै असल पात्र हुन् किनभने यिनीअरूले अरुलाई हानि हुने काम र नराम्रा काम गरेका छैनन् । यहाँ सवारी चालक खराब पात्र हो किनभने उसले घाइते भएको केटालाई मार्न खोजेको थियो । यहाँ प्रमुख पात्र केशव हो भने सहायक पात्रअरू माया र बासु हुन् तर घाइते केटाे चाहिँ अद्‍भूत खालकाे पात्रकाे रूपमा देखा परेका छन् । उनी यथार्थभन्दा माथि देखिएका छन् ।

घ. परिवेश
यहाँ केशवको घर, पिपलको बोट, मन्दिर, अस्पताल, चिया खाने पसल, गल्ली, सडक, साइकल पसल, तरकारी पसल, फर्निचर पसल र डाँडा स्थलगत परिवेशका रुपमा आएका छन् भने कालगत परिवेशको रुपमा हामीले तीन चार महिनाको समयकाे अनुमान लगाउन सक्छाै्ँ । अवस्थागत परिवेशको रुपमा बासुले साइकलको इच्छा गर्नु, केशवले साइकलको लागि पैसा कमाउनको लागि कठोर परिश्रम गर्नु, केशवले केटालाई अस्पताल लग्नु, घरमा उपहार हुनु, बाँसुरीबाट पारिजात फूलको बासना आउनु आदि आएका छन् ।

ङ. निष्कर्ष तथा सिफारिस
यो उपन्यासले हामीलाई परिश्रम गर्न, दुःखमा परेकालाई सहयोग गर्न, जहिले पनि राम्रो काम गर्न र मिठो बोली बोल्न सिकाउँछ । इमानदारपूर्वक गरेकाे कामकाे फल मिठाे हुन्छ । याे हाम्राे जीवनमा अति आवश्यक पनि रहेकाे छ । यस्ता जीवनाेपयाेगी ज्ञान दिलाएकाे कारणले म याे पुस्तक आफ्ना साथी वा मभन्दा ठुला दाजुदिदीहरूका लागि पनि पढ्नका लागि सिफारिस गर्न गर्दछु ।

शुभी लामिछाने
कक्षाः ६ ‘चाम्लाङ’
डियरवाक सिफल स्कुल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.