नेपालमा बेरी जोन अभिनय विधालय | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

नेपालमा बेरी जोन अभिनय विधालय





आज कुपण्डोल स्थित आफ्नै कार्यालयमा  बेरी जोन अभिनय विधालय नेपालको समुद्धघाटन कार्यक्रम सम्पन्न भयो ,यस् विधालय भारतको बेरी जोन अभिनय विधालयको नेपाल शाखा हो । बेरी जोन विश्वप्रसिद्ध अभिनय प्रशिक्षक एवं नाटक निर्देशक हुन् जस्ले भारतका सुप्रसिद्ध कलाकारहरु शाहरुख खान्, मनोज बाजपेई, रिचा चड्डा लगायत हलिहुडका फ्रिडा पिन्टो जस्ता कलाकारहरुलाई प्रशिक्षण दिएका हुन् । उन्को अभिनय विधालय भारतमा एकदशकदेखि लगातार सर्वोच्च स्तरको अभिनय विधालयकारुपमा रहेको छ ।


 बेरी जोन ( सन् १९४४) बेलायतमा जन्मिएका यिनीले भारतमा प्रथमपटक सन् १९७३ मा दिल्लीमा स्थापना भएको प्रथम नाटक समुह थिएटर एक्शन ग्रुपको शुरुवात गरेका हुन् । उनी वेलायतवाट सन् १९६९ मा भारत आएका हुन् । भारतको संगीत र नाट्य विधामा सर्वोच्च मानिएको उपाधी संगीत नाट्य एकाडमी अवार्ड यस्तै अर्को राष्ट्रियस्तरको साहित्य कला परीषद अवार्ड पनि उन्लाई प्रदान गरिएको छ ।
  
कलाकारहरुले आफ्नो अभिनयका माध्यमवाट समाजको वास्तविक चित्र र यर्थाथ मुद्धाहरु समाजका सामु ल्याउने हुँदा समाजमा अभिनय अनि कलाकारहरुको महत्व अत्यन्त धेरै रहेको छ । बेरी जान अभिनय विधालय नेपालले पनि कलाकार अनि कलाको यहि महत्वलाई आत्मसाथ गर्दै नेपाली अभिनय क्षेत्र अनि चलचित्रको क्षेत्रको राष्ट्रिय अनि अन्तराष्ट्रिय प्रर्वधनमा टेवा पूर्याउने लक्ष्य अनि सपना बोकेको छ । नेपाली भुमीमै अनि नेपाली दैलोहरुमै अन्तराष्ट्रिय गुणस्तरको अभिनय अनि नाट्य सिपहरु सुलभ शुल्कमा प्रदान गर्दै नेपाली अभिनय जगतको वृद्धी विकास अनि उपलब्धीमा टेवा पूर्याउन बेरी जोन अभिनय विधालयको यस औपचारीक उदघाटनको समाचारहरु नेपाली कलाप्रेमी अनि पाठक, दर्शक र श्रोता समक्षपूर्याईदिनुहुन अनुरोध छ । थप जानकारीहरु अभिनय विधालयको औपचारीक वेबसाईट www.bjasnepal.com मा हेर्नुहोला ।

थुप्रै संचारकर्मी हरु माझ सम्पन्न भएको आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा भेट्रान थियटर आर्टिस्ट सुनिल पोखरेल र लूट का नायक सुशील राज पाण्डे समेत उपस्थित थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.