"Dying Candle" एउटी रक्सी साहुनीको कथा-समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"Dying Candle" एउटी रक्सी साहुनीको कथा-समीक्षा




   Suyog Dhakal - Feb 10 2017

नेपाली चलचित्रले फड्को मारिरहेको छ, आउनुहोस यसै क्रममा आज चलचित्र निभ्न लागेको वत्ति अर्थात डाईगं क्यान्डलको बारेमा चर्चा गरौँ । नरेश कुमार केसीको निर्देशनमा बनेको यो चलचित्र एउटा हिमाली परिवारको कथा हो, आउनुहोस् यो अफविटको तर एकदमै ख्याती कमाएको चलचीत्रको बारेमा कुरा गरौं ।

कथा  र अभिनय 
तिक्ले लाक्पा तामागं बालकलाकारका रुपमा गज्जब छन् , हामीलाई त नेपाली रंगमञ्चको एउटा सम्पतीकै रुपमा चित्रण गर्न मन लागेको छ तिक्ले र उन्की दिदि छेमी अर्थात सिर्जना सुब्बालाई। यो चलचीत्र नै उनि अनि उन्की दिदीको कथा हो । पुस्तैनी रुपमा धनी यो परिवारमा एउटी आमा पनि छिन्, उनिहरु जिविकोपार्जनकालागी रक्सी पारेर वेच्दछन् अनि रक्सी खान आउनेहरु छेमीको सौन्दर्य अनि बैसको चाकरी गर्न त्यहाँ आउछन् । अत्यन्त नेपालीकृत प्रस्तुती र कथामा यस चलचीत्रका संवादहरु अनि अभिनय एतिहासिक रुपमा राम्रो छ ।

स्कूल पढ्ने सानो बालक, रक्सी पार्ने दिदी, वुढी आमा अनि जड्याहा राम्रा अनि नराम्रा ब्यक्तिहरु विचको म्याट्रिक्स हो यो चलचीत्र । सौगात मल्लको प्रस्तुती जोडदार छ, अर्पण थापाले राम्रो गरेका छन्, उक्ति धेरै स्की्रन उनले पाएक भने छैनन ।

सबै रक्सी खाने मान्छे नराम्रा हुँदैनन अनि सही समय अनि घटनाले सही मोडमा हान्यो भने पिडकको जीत अनि पिडा पर्नेहरुको लाचारी यहाँ देखाईएको छ । नारायण गोपालको केही मिठो वोलको गीतको सहि ठाँउमा सहि प्रयोग गरिएको छ, हेरेपछी चाल पाउनुहुनेछ ।

निर्देशन
निर्देशन पक्ष अत्यन्त सबल देखिन्छ तथापि केही सुधारोन्मुख पक्षहरु भने नभएको हैन् । सर्वप्रथम त यो २ घण्टा ५ मिनेटको चलचीत्र भित्रै पग्लिएका आँखाहरु अनि उन्मुक्त हाँसो दुबैको स्वाद चखाउन सक्षम निर्देशन पक्ष तारिफ योग्य छ । तर विदेशीहरुलाई थाहा नपाउने तथापि नेपाली कानमा अनि आँखामा ठोकिने केही तथ्यहरु छन् । मुख्य कुरा त उक्त चलचीत्रका बाल कलाकार तिक्लेको लवज अत्यन्त ग्रामीण र हिमाली भेगको छ भने चलचीत्रमा अर्की मुख्य कलाकार तिक्लेकी दिी अनि आमाको लवज भने पुरै खस भेगको छ । लवजको यो कन्ट्रास्टले हामीलाई पछीसम्म केही वास्तविक अनि अवास्तविक धरातलमा प्रश्नहरु उठाँउछ, हिमाली भेगको जनजिवनमा अझै केही अध्यन गर्न पाए गज्जब हुनेथियो तर फेरी हामी भन्छौ, यो एउटा हेर्नैपर्ने चलचीत्र हो ।



प्राविधीक पक्ष

२५ वर्ष अगाडिको कथा भएकाले पनि चलचीत्रले उत्ति प्रावीधीक पक्षहरु डिमान्ड त गर्र्दैन तथापी यस चलचीत्रका प्राविधीक पक्षहरु सबल छन् । विभिन्न चलचीत्र कलाकारहरु सहित हाम्रो पात्रो टोलीले पनि गएको बुधवार विग सिनेमामा प्रिमीयर शो हेर्दा अन्य कलाकारहरु निशा अधिकारी, कर्मा अनि अन्य थुप्रैहरुले हाम्रो पात्रोसँग चलचीत्र अनि प्रावीधीक पक्ष राम्रो भएको वताए ।

कहिँकतै गीतको कमीले भने चलचीत्रलाई प्रश्न गरेको जस्तो लाग्छ, तर अन्य कुराहरु ठिक छ । अन्तमा थोरै राखिएको एनिमेशन चाँही अलि हतारमा राखिएको जस्तो छ, नत्र गज्जब

एकफेर हेर्नैपर्ने यस चलचीत्रको हाम्रोँ पात्रो खुलेर तारिफ गर्न चाहन्छ, केही सुधारहरुलाई समन्वय गर्दै चलचीत्रमा राखिएक अग्रेजी भाषाका सबटाईटलहरुलाई श्याख्यात्मक भन्दा पनि सरल अनि दुरुस्त अर्थ लाग्ने गरि राख्न जरुरी देखिन्छ, विश्वब्यापी रुपमै चर्चाकमाउन योग्य यो चलचीत्रलाई ४ अकं । हेर्न जानुहोला, मन छुन्छ ।

रेटिंग : ४  स्टार ( मन छुने चलचित्र )




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.