भारतीय कलाकारले नेपालको पर्यटन प्रर्वधनमा टेवा पूर्याउने | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

भारतीय कलाकारले नेपालको पर्यटन प्रर्वधनमा टेवा पूर्याउने




सन् २०१८ को मार्च महिनामा भारतीय सिने जगतका प्रसिद्ध कलाकार सलमान खान अनि उनीसंगै ६० अन्य भारतीय कलाकारले नेपालमा प्रदर्शन गर्नेछन् । लगभग ५० हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने यस कार्यक्रममा १० हजार जना बिदेशी रहनेछन् भनी टाइम्स अफ ईण्डियाले लेखेको छ ।



टाईम्स अफ ईण्डियाको जनवरि २० को संस्मरण यहाँ प्रस्तुत गर्न चाह्यौं । यसको हेडलाइनमा भनिएको छ, भारतीय कलाकारले नेपालको पर्यटन प्रर्वधनमा टेवा पूर्याउने भनेर । सन् २०१५ को भुकम्प पछि नेपाल सुस्त गतिमा पूर्ननिर्माणको पथमा लागिरहेको छ । यसै क्रममा बिश्व समुदाय सम्म नेपालको पर्यटन लगायतको संभावनाहरुको सन्देश पूर्याउनका लागि नेपालले भारतीय सिने कलाकारको एउटा टोलीलाई आफ्नो देशमा बोलाएको छ । सन् २०१८ को मार्च महिनामा भारतीय सिने जगतका प्रसिद्ध कलाकार सलमान खान अनि उनीसंगै ६० अन्य भारतीय कलाकारले नेपालमा प्रदर्शन गर्नेछन् । लगभग ५० हजार जनाले प्रत्यक्ष अवलोकन गर्ने यस कार्यक्रममा १० हजार जना बिदेशी रहनेछन् भनी टाइम्स अफ ईण्डियाले लेखेको छ ।
यसैक्रममा सोहील मनोरञ्जन कम्पनीका मुख्य सोहील खानका अनुसार नेपाल र भारतमा यस्ता बिभिन्न अन्तरदेशीय कार्यक्रम र प्रर्दशनहरु हुन जरुरी छ । यसका कारणले दुबै देशको चित्ताकर्षक सस्कारहरु बिश्व समुदाय माझ पस्कन र प्रर्वधन गर्न टेवा पुग्नेछ । सोहील स्वयम सल्मान खानमा सहोदर भाई र भारतीय सिने जगतका एक चर्चित कलाकार पनि हुन् । यसका साथै टाईम्स अफ ईण्डियाले हरेक बर्ष भारतीय चलचित्रले नेपालबाट अरबौं व्यापार गर्ने तर त्यसको आधिकारीक लेखाजोखा नभएको पनि लेखेको छ । भारतीय चलचित्रलाई नेपाल भारत समबन्धको एउटा महत्वपूर्ण कडी अनि आधारका रुपमा लेखिएको छ । यसका साथै यस आलेखले नेपाललाई पर्यटन, उत्साह अनि चलचित्र निर्माणकै लागि पनि राम्रो गन्तव्यका रुपमा प्रस्तुत गरेको छ ।
सल्मान खानको यस भ्रमणमा उनले कार्यक्रमका अलावा चन्द्रागिरी हिल्स भ्रमण गर्ने पनि जनाइएको छ । यसका साथै उनले भ्रमणको क्रममा हेलिकप्टर मार्फत बिश्वकै अग्लो ठाँउमा रहेको होटल, होटल एभरेस्ट भ्यूमा ब्रेकफास्ट गर्ने अनि बिभिन्न पर्वतहरु पनि हेर्ने कार्यक्रम रहेको बताइएको छ । टाइम्स अफ ईण्डियाले नेपाल टुरिज्म बोर्डका प्रमुख दीपक जोशीको बिचारलाई पनि लेखेको छ । दीपक जोशीका अनुसार ईभेन्टहरु पर्यटन प्रर्वधनका लागि हुन्छन तर यो इभेन्ट मार्फत नेपालले आफ्नो पर्यटन थप सुधार गर्ने बिचार व्यक्त गरेको भनी टाइम्स अफ ईण्डिया लेख्दछ ।

यस बखत भारतीय सिनेकर्मीसंगै आउने मिडीया अनि श्रोतहरुले पक्कै पनि नेपालको पर्यटन प्रर्वधनका लागि सकारात्मक दिशा अघि ल्याउने अपेक्षा हामी नेपालीको छ । सन्दीप लामीछानेको आईपीएल यात्रा संगै नेपाल अनि भारतका गैरसरकारी क्षेत्र बिचको तालमेल बढ्दै गएको पाइएको छ । आईपीएलमा नेपाली खेलाडीको छनौट अनि भारतीय सिद्धहस्त कलाकारहरुको नेपालमा आगमन नेपालका लागि परिवर्तनमुखी रहोस् । नेपाल बिकास चाहन्छ अनि नेपालीहरु समृद्धी चाहन्छन् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.