'झुम्की' चलचित्र समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

'झुम्की' चलचित्र समिक्षा




निर्माता अपिल विष्टले पहिलोचोटी झुम्कीबाट निर्देशनमा हात हाले र डेब्यू फिल्म नै उनको स्टोरीटेलिग निक्कै प्रभावशाली र सशक्त छ भन्ने प्रमाण छाड्न सफल भएका छन् । उनको कन्फिडेन्स चलचित्र झुम्कीमा प्रष्ट देखिन्छ र उनको काम अब्बल दर्जाको छ ।


चलचित्र 'झुम्की' अडियो समिक्षा


माओवादी द्धन्दकालिन परिवेशमा आधारित चलचित्र झुम्की विशुद्ध एउटा पश्चिमे थारु वस्तीको कथा हो । सफल चलचित्र 'कवड्डी' र 'कवड्डी कवड्डी'का प्रायः  सबै हस्तीकरुको नाम जोडिएको यो चलचित्र यस हप्ताको वक्स अफिस रिलिज हो । आउनुहोस वहुप्रतिक्षीत चलचित्र झुम्कीको समिक्षातर्फ लागाैं ।

प्लट
चलचित्र 'झुम्की'को कथा एउटा रहस्यमय हत्यामा शंकास्पद हत्याका अभियूक्त देवकी (रिश्मा गुरुङ्ग) र गोकुल भट्ट (मनोज आरसी) को कथा हो । इन्सपेक्टरको भूमीकामा रहेका दयाहाङ्ग राइले छानवीनसंग सम्बन्धित गतिविध गरेका देखिन्छन् । हत्यापछी बेग्ला बेग्लै रुपमा फरार भएका रिश्मा र मनोजबिच बाटोमा भेटघाट हुन्छ र त्यहि पटके भेटको फलस्वरूप दुवै एकअर्काको मायामा पर्दछन् । यो हत्याका बारेमा रिश्मालाई सबै थाहा हुन्छ र यस्तोमा दुवै फेरी एकपटक दाङ्ग पुग्छन जहाँ उनिहरुबिच प्रेम शुरुभएको थियो । उता दयाहाङ्ग दुवैको खोजिमा निस्कन्छन्, यस्तोमा आखिर यो हत्याको रहस्या के हो ? रिश्माले किन खुलेर मनोजको प्रेम स्वीकार गर्न सक्दिनन, दुवैबिचको प्रेम आखिर कहाँसम्म पुग्छ त ? यसकालागि यहाँहरुले चलचित्र 'झुम्की' हेर्न हलसम्म पुग्नैपर्ने हुन्छ ।



कथा, पटकथा र संवाद
रामवावु गुरुङ्गले चलचित्र झुम्कीलाई जादुई र रहस्यमय तरिकाले लेखेका छन, पृथक कथामा दर्शकहरुलाई तान्नसक्ने उत्कृष्ट र प्रभावशाली संवादहरु भएको यस चलचित्रलाई सुदृढ मान्नुपर्दछ ।

पटकथा यति मजाले लेखीएको छ कि दर्शकहरुको ध्यान भड्कीन पाउँदैन र उनिहरुलाई सोचिरहन बाध्य बनाउँदछ । चलचित्र कुनैपनि बेला फिक्का महशुस हुँदैन, रामबावुको स्क्रिप्टलाई धन्यवाद, गज्जबले संयोजित छ, सन्तुलित छ ।

चलचित्रका दुई दृश्यहरु निकै राम्रो गरि लेखिएको छ, निश्चल बस्नेत देखापर्ने सिन र त्यसलगत्तै देखिने गाडीको सिन उत्कृष्ट छ । भोलाराज सापकोटा र दयाहाङ्ग राईबिच हुने संवादका दृश्यहरू उत्कृष्ट छन् ।

प्राविधिक पक्ष
शैलेन्द्र कार्की को क्यामरा कार्य निकै उत्कृष्ट छ, फ्रमिङ्गहरु अब्बल दर्जाका छन् । रोहित शाक्यको ब्याकग्राउन्ड स्कोरको तारिफगर्ने शब्द नभेटीएला, उन्ले झुम्कीवाट वेस्ट ब्याकग्राउन्ड स्कोरको अवार्ड हातपार्न वेर छैन, निमेश श्रेष्ठको इडिटिग उत्कृष्ट छ र वाकी सबै पक्षजस्तै कला निर्देशन पनि उत्कृष्ट छ । चलचित्रमा थारु टोललाई मज्जाले देखाइएको छ ।

अभिनय
दयाहाङ्ग राइले प्रहरी इन्सपेक्टरको भूमिकालाई न्याय दिएका छन, अनुसन्धानसंग सम्बन्धित प्रसंगहरूमा उनका अनुहारका हाउभाउले समेत चलचित्रको सस्पेन्स र अनुसन्धानप्रतिको गम्भिरतालार्इ राम्ररी उतारेका छन् । उनी दर्शकलाई हँसाउन कहिल्यै चुक्दैनन भने मनोज आरसी पनि उत्तिकै उत्कृष्ट छन । कथाको भार उनले उत्कृष्ट तरिकाले बोकेका छन् भने रिश्मा गुरुङ्ग 'कवड्डी' र 'कवड्डी कवड्डी' पछि भिन्न गेटअपमा देखिइएकी छिन् । तर उनको गेटअप जस्तै उनको क्यारेक्टर भने भिन्न छैन । उनले थारु भाषा बोलेको त्यती सुहाएको भने छैन । यी बाहेक चलचित्रमा प्रमोद अग्रहरी र भोलाराज सापकोटा छन र दुवैको अभिनय सशक्त छ । प्रमोद अग्रहरी चलचित्रको अधिकांश ठाउमा सिन स्टिलर बनेका छन । चलचित्रमा झुम्कीको क्यारेक्टरमा मलिना जोशी छोटो समयकालागी देखिन्छिन र उन्ले आफ्नो उत्कृष्ट लुक्स र थरुनी हाउभाउ र बोलीले सबैलाई प्रभाव पार्दछिन ।

उनको क्यारेक्टरले चाँडै हिम्मत हारेको देख्दा दर्शकहरुलाई अलि चित्त नबुझ्न सक्छ, चलचित्रमा अतिथि भूमीकामा निश्चल बस्नेत देखिन्छन र उनले छोटो समयमै दर्शकलई भरपुर मनोरञ्जन दिन्छन् ।



निर्देशन
निर्माता अपिल विष्टले पहिलोचोटी झुम्कीबाट निर्देशनमा हात हाले र डेब्यू फिल्म नै उनको स्टोरीटेलिग निक्कै प्रभावशाली र सशक्त छ भन्ने प्रमाण छाड्न सफल भएका छन् । उनको कन्फिडेन्स चलचित्र झुम्कीमा प्रष्ट देखिन्छ र उनको काम अब्बल दर्जाको छ ।

समीकरण
एक साता अघि दर्शकलाई क्लास फिल्म पस्किन खोज्ने चलचित्र 'गाँठो'को असफल प्रयास आलोकाँचो प्रयासका रुपमा तूहिएर गएको छ । चलचित्रप्रेमीले 'गाँठो'लाई सिध्धै अस्विकार गरेपनि यो साता 'झुम्की'ले क्लासको चलचित्रका रुपमा आफूलाई पस्केको छ । चलचित्रको पेस थोरै विस्तारै भएकाले सिङ्गल स्क्रिनको दर्शकहरुकालार्इ यो चलचित्र अाक्रमक नलाग्न सक्ला तर धैर्य राखेर उत्कृष्ट सिनेमा हेर्न रुचाउने सिनेप्रेमीलाई 'झुम्की' पर्फेक्ट चलचित्र हो । इङगेजिंग प्लट, उत्कृष्ट परफरमेन्स र ब्याकग्राउन्ड स्कोर अनि अर्को उल्लेख गर्नैपर्ने कुरा उत्कृष्ट क्लाइमेक्श 'झुम्की'को प्रमुख आकर्षण हो ।

हामी यो चलचित्रलाई कूल ५ मध्य ३ंं.५ स्कोर प्रदान गर्दछौ ।

-----
यो समिक्षा मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.