ओम पुरीको निधन , भारतीय चलचित्र जगत शोकमा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

ओम पुरीको निधन , भारतीय चलचित्र जगत शोकमा




   मन्दिप गाैतम - Jan 06 2017

भारतीय चलचित्र तथा रङ्गमञ्चका अब्बल कलाकार ओम पुरीको आज विहान निधन भएको छ । सुतिरहेकै ठाउँमा मृत अवस्थामा फेला परेका ओम पुरीलाई हृदयघात भएको हो । भारतीय सिनेमा क्षेत्रका सशक्त कलाकार पुरीले १२० भन्दा बढी भारतीय चलचित्र तथा सैकडाैं नाटकहरूमा अाफ्नो जिवन्त अभिनयको जादू चलाएका छन् । बलिउडमा मात्र नभई ओम पुरीले थुप्रै हलिउड र दक्षिण भारतीय चलचित्रमा पनि अभिनय गरेका छन् । भारतको पद्म श्री अवार्डले सम्मानित पुरीले आफ्नो उत्कृष्ट पर्फर्मेन्सबाट २ पटक राष्ट्रिय अवार्ड पनि पाएका थिए । उनको असामयिक निधनको खबरले सम्पूर्ण बलिउड स्तब्ध भएको छ । बिहानैदेखि सबै कलाकारहरुले पुरीको निधनको खबरले आफूलाई दुखी बनाएको शब्दहरू सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् । 





ओम पुरीले सन् १९७६ मा मराठी फिल्मबाट आफ्नो अभिनयको यात्रा सुरु गरे । पछिल्लो केहि समयमा निक्कै नै कम चलचित्रमा देखा परेका यी भेट्रान कलाकारले ८० को दशकमा रिलिज भएका "आरोहण" र "अर्ध सत्या" नाम का चलचित्र मार्फत हिन्दी चित्रपटमा आफ्नो छाप छोड्न सफल भए । त्यसपश्चात् ओम पुरीले ९० को दशकमा मूलधारका हिन्दी चलचित्रमा आफ्नो सशक्त अभिनयको झण्डा गाडे ।

सिरियस अवतारमा देखा पर्ने ओम पुरी सन् २००० पछि कमेडी चलचित्रहरुमा  बढी देखा पर्न थाले । हेरा फेरी , मालामाल वीक्ली , चुप चुप के , मेरे बाप पहले आप, सिंह इज किंग , बिल्लु र यस्ता थुप्रै अरु चलचित्रहरुमा उनले दर्शकलार्इ मनोरञ्जनको भरपूर खुराक दिए ।


६६ बर्षीय यी कलाकारलार्इ हामीले २०१५ को ब्लाक्बस्टर बजरङ्गी भाइजानमा मौलाना साहबको भूमिकामा देख्न पायाैं जहाँ उनि सलमान खानलार्इ सहयोग गरेर आफ्नो स्कुटरमा राखी प्रहरीबाट जोगाउँदै गरेको देखियो।

हिन्दी सिनेमामा उनको अतूलनीय योगदान रहेको छ, उनको कमी सम्पूर्ण भारतीय चलचित्र जगतले बेहोर्ने छ । यी सम्माननीय कलाकारको आत्माले चिर शान्ति पाओस् । हार्दिक श्रद्धांजलि ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.