शत्रुगतेको गीत “पिरतीको बर्को” ट्रेन्डसेटर (Exclusive तस्बिरहरू) | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

शत्रुगतेको गीत “पिरतीको बर्को” ट्रेन्डसेटर (Exclusive तस्बिरहरू)




   मन्दिप गाैतम - Feb 02 2018

चलचित्र जस्तै सङ्गीत पनि मनोरञ्जनको माध्यम बन्न सक्छ भने नँया धारको सोच लिएर चलचित्र “शत्रु गते”को टिमले यो गीत निर्माण गरेको प्रष्ट बुझियो । “पिरतीको बर्को” पनि नायक नायिका बीचको रोमान्टिक गीत नै हो तर यसको प्रस्तुति शैलीले यसलाई रोमान्समा मात्र सिमित राख्दैन ।



'पिरतीको बर्को' पर्दा पछाडिका Exclusive तस्बिरहरू, भिडियो हेर्नकालागि यहाँ क्लिक गर्नुहोस्

नेपाली चलचित्रमा नायक नायिकाबिचको रोमान्सलार्इ अझ गाढा देखाउन सुमधुर रोमान्टिक गीतहरु समावेश गरिन्छ । चलचित्र “म यस्तो गीत गाँउछु”को “भन्छु आज”, प्रेमगीत २ को “कहानी यो प्रेमगीत को”, “ए मेरो हजुर २” को शिर्ष गीत, “ऐश्वर्य” को “तिमि रोएको पल” या पल र आँचलले नै यसअघि अभिनय गरेको चलचित्र “जनी जेन्टलम्यान”को “जब जब तिम्रो साथ” बोलको गीत होस्, यी सबै रुचाइएको गीतहरुलाई नियालेर हेर्ने हो भने सबै लगभग उही अन्दाजमा खिचिएका छन् । कुनै सुन्दर रमणीय ठाँउमा नायक नायिकालार्इ लागिएको छ र राम्ररि फ्रेमिंग गरेर खिचिएको छ ।

माथि उल्लेखित गीतहरु मात्र हैन, नायक नायिकाको रोमान्स देखाउन निर्माण गरिएका यस्ता गीतहरु गनी नसक्नु छन् । प्राय सफल पनि छन् । यस्तोमा निर्देशक प्रदीप भट्टराईको नयाँ चलचित्र “शत्रु गते”को दोश्रो गीत जब सार्वजनिक भयो, गीत सुरु नभएको केहि छिनमै गीतले आफुमा भएको पृथकता दर्शकलार्इ महसुस गराउन सफल भयो । यस गीतका भिन्न सिनहरूमा प्रयोग गरीएका विविध पहिरन, प्रप्सहरू गीत अनि सङ्गीतको मूडसंग मेल खान्छ । 

चलचित्र जस्तै सङ्गीत पनि मनोरञ्जनको माध्यम बन्न सक्छ भने नँया धारको सोच लिएर चलचित्र “शत्रु गते”को टिमले यो गीत निर्माण गरेको प्रष्ट बुझियो । “पिरतीको बर्को” पनि नायक नायिका बीचको रोमान्टिक गीत नै हो तर यसको प्रस्तुति शैलीले यसलाई रोमान्समा मात्र सिमित राख्दैन । नृत्य निर्देशक प्रवीन सिंहले काली प्रसाद बास्कोटाको यस गीतलार्इ भिज्वल ट्रिट बनाउन कुनै कसर बाँकि छाडेका छैनन् । भिडियोको स्तर बेग्लै लाग्दछ ।

भर्खर मात्र सार्वजनिक भएको यो गीत ले छिट्टै लोकप्रियता पाउने त पक्का छ, सायद “शत्रुगते”ले रोजेको यो फरक स्वाद दर्शकहरुले अत्याधिक रुचाएपछी यस किसिमको भिन्नता खोज्न लाग्छन कि अरु चलचित्रकर्मीहरु ?

आखिर नेपाली दर्शकहरुको चाहना पनि आफ्नै स्वदेशमा निर्माण भएको चलचित्र र त्यसका गीतहरुबाट फरक फरक स्वाद लिनु नै त हो । बल्ल बल्ल नेपाली चलचित्रहरुमा रुची बढाएका दर्शकहरुको साथ मिलेको बेला “शत्रु गते” टिमको यो नयाँ प्रयोग अवश्य ट्रेन्डसेटर बन्न सक्छ । बधाई छ टिम “शत्रु गते” ।

प्रस्तुतिः हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.