जीवन र सञ्चिताको उत्कृष्ट केमिस्ट्री - 'राधा' समिक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

जीवन र सञ्चिताको उत्कृष्ट केमिस्ट्री - 'राधा' समिक्षा




आखिर राधा को हुन त ?


जीवन र सञ्चिताको उत्कृष्ट केमिस्ट्री 'राधा' समिक्षा

यो साता दुई नेपाली चलचित्र 'राधा' र 'परदेशिको उमंग' रिलिज भएका छन् ।दीपावलिको शुभ अवसर पारेर रिलिज भएका यि चलचित्रले बिदाको कारण राम्रो आम्दानी गर्न सक्ने ठाँउ छ । तर त्यसअघी दर्शकलाई चलचित्र मनपर्न जरूरी छ । यस्तोमा सञ्चिता लुइटेलको कमब्याक फिल्म 'राधा'ले के दर्शकहरुको चित्त बुझाउन सक्ला त, जानौं चलचित्र राधाको समिक्षामा ।

प्लट
'राधा' कथा हो सञ्चिता लुइटेलको । ट्राभल गरिरहेको बेलामा राधा अर्थात सञ्चिताको भेट राम अर्थात जीवनसंग हुन्छ । बिहा नगर्ने भनेर गाडिमा आमासंग फोनमा चिच्याइरहेको जीवनको कुरा सुनेर सञ्चिता जीवनलाइ सल्लाह दिन चाहान्छिन । तर दिक्क भएको जीवनलाई उसको सल्लाह पच्दैन, त्यसपछी दुवैको भेट घुमिफिरी एकै ठाँउमा भैरहन्छ । केही समय पछी दुवै एकै ठाँउ 'किनमेल.कम'को लागी काम गर्न थाल्छन । बिस्तारै जीवनलाई राधासंग प्रेम हुन्छ तर कथामा ट्विस्ट तब आउछ जब इन्टरभल अगाडी सञ्चितालाई प्रहरिले समातेर लान्छ ।

आखिर राधा को हुन त, त्यो ठाँउमा कहाँबाट आइपुगिन ? प्रहरीको फन्दामा कसरी पुगिन ? जीवनले उसलाई कसरी बचाउछ र अन्त्यमा के हुन्छ ? यो सब कुरा जान्नको लागी यहाँले चलचित्र राधा हेर्नुपर्ने हुन्छ ।

कथा पटकथा र संवाद
चलचित्रको स्क्रीप्ट प्रदीप भार्द्वाजको हो । यो चलचित्र हेर्दा कतै कतै प्रदीप भार्द्वाजकै स्क्रीप्टमा बनेको चलचित्र 'आई एम सरी ' को झझल्को आउछ । किनभने प्रदीपको लेखनशैली दुवैमा उस्तै छ ।चलचित्रको कथाबारे कुरा गर्ने हो भने फिल्मको पहिलो हाफ उत्कृष्ट छ । रोमान्टिक कमेडी हावी भएको पहिलो हाफको कथा पटकथा र संवाद अब्बल दर्जाको छन् । तर दोस्रो हाफ भने पहिलो हाफको लेभलमा पुग्न सक्दैन । दोस्रो हाफ फितलो ड्रामातिर बग्छ र ड्रामा रुचाउने नेपाली दर्शकलाई यो मनपर्न सक्छ । तर दोस्रो हाफका ट्विस्टहरु चित्तबुझ्दो छैनन ।प्रदीप भार्द्वाजको लेखन पहिलो हाफ मात्र हेरेर भन्दा तारिफ गरिनुपर्ने खाल्को छ तर दोस्रो हाफमा मेहेनत नपुगेको देखिन्छ ।

चलचित्रको कुनै कुनै दृश्य र संवादहरु निक्कै पृथक र रमाइला छन् जस्तै जीवन लुइटेल र भिलेनको ग्रुपले फोनमा गरेको बोका बाख्री गफले खुब हसाउछ ।

अभिनय
जीवन लुइटेल रामको भुमिकामा निक्कै मज्जाले प्रस्तुत भएका छन यो चलचित्रमा । उनको कमिक टाइमिङ राम्रो छ । चलचित्रमा राधाको भुमिकामा नायिका सञ्चिता लुइटेलले कमब्याक गरेकी हुन । यो रोल उनकै लागी हो, र उनले आफ्नो कामलाई पुर्ण न्याय दिएकी छिन तर उनको काम पहिलो हाफमै सिमित छ, दोस्रो हाफमा मानौ उनि चलचित्रबाट हराउछिन । सञ्चिताले आफ्नो फिट्नेसलाई भने अलि ध्यान पुर्याउनु पर्ला । त्यसबाहेक चलचित्रमा 'किनमेल.कम'को म्यानेजरको भुमिका निभाएका कलाकारको अभिनय उल्लेखनिय छ । बाकी चलचित्रमा थुप्रै साहयक कलाकारहरु छन र सहायक कलाकारको छनौट राम्ररी गरिएको छैन किनभने उनिहरुको काम ले दृष्यलाई खल्लो बनाएको छ ।

प्राविधीक पक्ष
मानकृष्ण महर्जनको छाँयाङ्कन अब्बल दर्जाको छ । अर्जुन जि सि को संपादन ठिकठाक छ, दोस्रो हाफमा फ्लासब्याकको सटहरु बढी भएको जस्तो लाग्छ । हिमाल केसी को द्वन्द्व पनि ठिकै मात्र छ । बिनोद शाँहको कला निर्देशन राम्रो छ । बसन्त सापकोटाका गीतहरु खासै छाप छोड्ने खाल्को छैनन् । बाकी कबिराज गहतराजको नृत्य केही खास छैन र एलिस कार्कीको पाश्र्व संगीतपनि मध्यम बर्गको छ ।

निर्देशन
योगेश घिमिरेले चलचित्रको दोस्रो हाफमा निक्कै मेहेनत गर्नुपर्ने थियो । पहिलो हाफ बेग्लै स्तरको छ तर दोस्रो हाफ चुक्छ, बाकी उनको काम ठिकठाक छ ।

समीकरण
राधा चलचित्र जीवन लुइटेल र सञ्चिताको केमिस्ट्रीले गर्दा अब्बल बनेको छ तर पहिलो हाफ मात्रै, इन्टरभलपछी चलचित्र ले पकडेको ड्रामा र जीवन र सञ्चिता को संगै कुनै दृष्य नहुदा चलचित्र बोरिङ हुन पुग्छ । ड्रामा मनपर्ने दर्शक लाई भने यो चलचित्र पक्का मन पर्छ ।

हामी यो चलचित्रलाई कुल ५ मध्य २.५ अकं दिन्छौ । 

-------
यो समिक्षा मन्दिप गाैतमको सहयोगमा सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.