शाहरुख खान स्टारर “रईस” को ट्रेलर सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

शाहरुख खान स्टारर “रईस” को ट्रेलर सार्वजनिक





बलिउडका बादशाह शाहरुख खान स्टारर “रईस” को ट्रेलर सार्वजनिक भएको छ । २०१६ को ईद मा सलमान खान अभिनित “सुल्तान”संग जुद्ने भएको उक्त फिल्मले त्यसबेला आफ्नो प्रदर्शन को मितिलार्इ सार्यो तर प्रदर्शन को मिति सार्दा समेत चलचित्र “रईस” अर्को सुपरस्टार ह्रीतिक रोशनको फिल्म "काबिल" संग जुद्नै पुगेको छ . दुवै चलचित्र २६ जनवरीमा भारतमा हुने "रिपब्लिक डे" को सार्वजनिक बिदालाई लक्षित गर्दै २५ जनवरी को दिन रिलिज हुने भएको छ ।



शाहरुख खानको यसअघि का केहि चलचित्रले खासै दर्शकको मन जीत्न नसकेको हुदा यो चलचित्र उनको स्टारडम बचाउन पनि चल्नै पर्ने दवाब छ। ह्रितिकको चलचित्र काबिल को उत्कृष्ट ट्रेलर रिलिज भएपछी थुप्रै सिनेप्रेमी ले काबिल हेर्न त्यसको प्रदर्शनको मिति पर्खिरहेका छन् । यस्तोमा “रईस” को ट्रेलर ले कत्तिको लोकप्रियता पाउछ र कुन चाही सुपरस्टारको चलचित्र ले बाजी बक्स अफिसमा बाजी मार्छ । समय आएपछि थाहा भैहाल्छ ।

“रईस” को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस :




“रईस” मा शाहरुख लाइ नवाजुद्दीन सिद्धिकी र पाकिस्तानी अभिनेत्री माईरा खानले साथ दिइरहेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.