'चराहरुको सम्मेलन' | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

'चराहरुको सम्मेलन'




खोजीको, प्रेमको, बुझाईको, बिस्मयको, विनाशको, एकता र मृत्युको उपत्यका पार गर्दछन। अन्ततस् सिमोर्घलाई भेट्दछन् । उनिहरुलाई महशुस हुन्छ कि सिमोर्घ अरुकोही नभएर उनीहरु स्वयमं नै थिए ।



लेखक, अभिनेता, कल्पनाकार तथा निर्दैशकहरुको नविन र प्रयोगात्मक कार्यलाई नेपाली रङ्गमञ्चमा नाट्य कलाका नयाँ पाठ र प्रस्तुतीका विविध शैलीलाई पस्किंदै अाएको 'एक्टर्स स्टुडियो' ले यसपल्ट रंगकर्मी तथा फरकधारको कलाकर्ममा सक्रिय रहँदै अाएकी दिया मास्केको परिकल्पना तथा निर्देशनमा 'चराहरुको सम्मेलन'लाई प्रदर्शन गर्दैछ । नाटकको पहिलो प्रदर्शन असोज २० गते शुक्रबार साँझ ५:१५ बजे शिल्पी थियटरको प्रेक्षालयमा हुनेछ ।

यो नाटक पर्सियाका सुफी कवि फरीद उद्-दीन अत्तरले लेखेको 'मन्तिक-उत्त-यर'मा आधारित छ । यसको नाट्यकरण विश्व प्रख्यात निर्देशक पिटर ब्रुक र लेखक ज्यँ-क्लोद कार्येरले गरेका हुन्, जसको नेपाली अनुबाद पुष्पराज आचार्यले गरेका हुन् ।

दसै दिशाका चराहरु आई एकठाउँमा भेला हुन्छन् । आफ्नो संसारमा सुशासन, अब्यवस्था, बेथिती भएकाले त्यसलाई सुब्यबस्थित गर्न एउटा नायक (राजा) चाहिनेकुरा फाप्रे चरोले भन्छ । यसका लागि काफ भन्ने प्रदेशमा सिमोर्घ भन्ने राजालाई भेट्न जानुपर्ने हुन्छ । शुरुमा धेरै चराहरु काफ जान मान्दैनन् तर फाप्रेले विभिन्न कथाहरु हालेर यात्रमा जान प्रेरित गर्दछ । त्यसपछि उनीहरु मरुभुमी हुदैँ सिमोर्घलाई भेट्न सात उपत्यकाको यात्र गर्दछन् । यी सात उपत्यकाका आ-आफ्ना नाम र रहस्य छन् ।

त्यसपछि उनीहरुले खोजीको, प्रेमको, बुझाईको, बिस्मयको, विनाशको, एकता र मृत्युको उपत्यका पार गर्दछन। अन्ततस् सिमोर्घलाई भेट्दछन् । उनिहरुलाई महशुस हुन्छ कि सिमोर्घ अरुकोही नभएर उनीहरु स्वयमं नै थिए ।

यो नाटक मिथकिय भावभूमीमा बुनियको भएपनि सर्वजनिन छ । यो कथ्य हिजोको थियो, आज पनि उस्तै छ र भोलि पनि रहिरहने छ ।

अाजैबाट अारम्भ हुने यस 'चराहरुको सम्मेलन' कार्तिक १ सम्म गते मंगलबार बाहेक दैनिक ५:१५ बजे तथा शनिबार दिउँसो १:०० बजे तिरक्त प्रदर्शन हुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.