Barsha To Be Bride | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

बर्षाले पाइन् बुटबलमा दुलही हुने शुभकामना





फिल्म ‘गोपी’को प्रचार प्रसारका लागि बुटबल आइपुगेकी वर्षा राउतलाई फ्यानले दुलही हुने शुभकामना दिएका छन् । फ्यानले केक काटेर शुभकामना दिँदै ब्राइड टु बिको गाउन समेत लगाइदिएका थिए । वर्षाकी फ्यानमध्येकी एक ममता शर्माले आफूले वर्षा राउतलाई विगत चार पाँच वर्षदेखि फ्लो गर्दै गरेको र विवाहको शुभकामना दिन सानो कार्यक्रमको आयोजना गरेको बताइन् ।

‘वर्षा दिदी हामी जस्तो धेरैको आदर्श हुनुहुन्छ । उहाँ नयाँ जीवन सुरु गर्न गइरहनु भएको छ । त्यसैले हामीले ब्राइड टु बि गर्ने प्रस्ताव राखेका थियौं जुन उहाँले सहर्ष स्वीकार्नु भयो । उहाँलाई धेरै धेरै शुभकामना,’ शर्माले भनिन् । वर्षाले ममता जस्तै देशभरका फ्यानको समूह रहेको र उनीहरुले विवाहको खबर सार्वजनिक भएसँगै ब्राइड टु बि गरौं है भनेर भनेको प्रस्तावलाई आफूले स्वीकारेको बताइन् । 

‘उहाँहरुको मायाले नै म यहाँ छु । म बुटबल आउँदैछु भन्ने थाहा पाएदेखि नै उहाँहरुले हामी यस्तो कार्यक्रम गर्छौं है भन्नु भएको थियो । यसलाई मैले उहाँहरुले दिएको शुभेच्छाको रुपमा बुझेको छु । उहाँहरुको आशिर्वाद लागोस्,’ वर्षाले भनिन् । 

फिल्मको ‘गोपी’को प्रचार गर्ने क्रममा वर्षाले फिल्मको पटकथा तथा चरित्र मन परेका कारण फिल्ममा अभिनय गरेको फिल्म दर्शकलाई पनि मन पर्ने विश्वास व्यक्त गरिन् । यसै गरी वर्षाले विवाह पछि पनि अभिनयलाई निरन्तरता दिने बताएकी थिइन् । ‘म जुन घरमा विवाह गरेर जाँदैछु त्यो घरले कलाकारिताको मर्म मैलेभन्दा राम्ररी बुझेको छ । मलाई मन लागुञ्जेल अभिनयमा सक्रिय रहनेछु,’ वर्षाले भनिन् ।


अभिनेता तथा व्यवसायी सन्जोग कोइरालासँग फागुन २ मा भ्यालेन्टाइनको दिन विवाह गर्दैछिन् । दुवैले सामाजिक सञ्जालमार्फत् विवाहको घोषणा गरेका थिए । दुवै करिब ५ वर्षदेखि रिलेसनसिपमा थिए ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.