चौका दाउको पोष्टर सार्वजनिक | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

चौका दाउको पोष्टर सार्वजनिक





काठमाडौं ८ पुष । यही २७ पुषबाट देशब्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘चौका दाउ’को फस्ट लुक्सको रुपमा तीन ओटा पोष्टर रिलिज गरिएको छ । एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आईतबार पोष्टर रिलिज गरेको हो ।

मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन् । यो चालचित्रको पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ । ३० बाई ४० को दुई मध्य एउटा पोष्टरमा सिनेमाका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाङ्गेझार गाडीमा घर फर्किएको देखाईएको छ । जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ ।

३० बाई ४० को अर्को पोष्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ । यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ । साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशंकर रिजाल (जोगिन्दर पानवाला)लाई पनि समेटिएको छ । अर्को सिक्स सिटरको पोष्टरमा पनि यी सबै कलाकारलाई समेटिएको छ ।

चौका दाउका परिकल्पनाकार एवम् बरिष्ट संगीतकार शम्भुजीत बासकोटा हुन् । साढे चार दशकदेखि आफु चलचित्र एवम् संगीत क्षेत्रमा रहेको र यसलाई निरन्तरता दिन चौका दाउ निर्माण गरेको उनले बताएका छन् । चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित चलचित्र हो । यो चलचित्रमा कथा, संगीत र गायन पनि बासकोटाकै रहेको छ ।

अभिमन्यु निरवीको पटकथा सम्बाद रहेको यो चलचित्रको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन् । सौर्य प्रोडक्सनको व्यानरमा निर्मित यो फिल्मलाई काठमाडौंमा गोपाल कायस्थ र मोफसलमा एफडीले वितरण गर्दैछ ।

चौका दाउमा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारीलगायतको अभिनय छ ।





Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.38
  • 113.98
  • European euro
  • 129.29
  • 129.97
  • UK pound sterling
  • 146.17
  • 146.94
  • Swiss franc
  • 114.25
  • 114.86
  • Australian dollar
  • 81.25
  • 81.68
  • Canadian dollar
  • 85.36
  • 85.82
  • Singapore dollar
  • 83.61
  • 84.05
  • Japanese yen (10)
  • 10.42
  • 10.48
  • Chinese renminbi (Yuan)
  • 16.75
  • 16.83
  • Saudi Arabian riyal
  • 30.23
  • 30.39
  • Qatari riyal
  • 31.14
  • 31.3
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 30.87
  • 31.03
  • Malaysian ringgit
  • 27.56
  • 27.71
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.57
  • 12.64
  • Danish Krone
  • 17.32
  • 17.41

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम