१० स्थापित युवा कलाकार | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

१० स्थापित युवा कलाकार




   मन्दिप गाैतम - Mar 30 2017

थोरै समयमा प्रभाव पारेका कलाकारहरु



चलचित्र जगत एउटा कलात्मक क्षेत्र भएकाले हुनसक्छ , यहाँ आएर आफ्नो काम देखाउन कसैलाई रोकटोक हुने गर्दैन । एक महिनामा लगभग १०-१२ को हाराहारीमा नया चलचित्र प्रदर्शनमा आउने हाम्रो देशमा हरेक चलचित्रपछी नै दर्शकले कोहि न कोहि नव कलाकार देख्न पाइरहेका हुन्छन् । चाहे त्यो चलचित्रको मुख्य पात्र होस् या चलचित्रको कथामा प्रभाव पार्न सक्ने प्रभावशाली पात्र , दर्शकले नयाँ कलाकारको अभिनयको फरक स्वाद चाख्ने अवसर पाईरहेका हुन्छन् ।

नयाँ कलाकारहरुको आवत जावतको क्रम त्यस बेला देखिनै चल्दै छ जब देखि चलचित्र बन्न सुरु भयो र यहि क्रमले निरन्तरता पाइराख्ने छ, किनभने आज पनि यस्ता थुप्रै प्रतिभाशाली मानिसहहरु चलचित्रमा आफुलाई स्थापित गराउने संघर्षमा लागि परेका छन् । कलाकारहरु बीच नै एक किसिमको प्रतिस्पर्धा रहने गर्दा चलचित्रमा आउनु भन्दा पनि आफुलाई स्थापित गराउनु निक्कै जरूरी रहने गर्दछ ।

यस्तोमा आज हामि ति १० युवा कलाकारहरुको कुरा गर्छौ जसले निकै कम उमेरमै यो क्षेत्रमा आफुलाई स्थापित गरि दर्शकमाझ आफ्नो प्रभाव छाड्न सफल भएका छन् ।

१. वर्षा राउत


थोरै चलचित्र तर सफल चलचित्रहरुले वर्षा राउतको यो सानो करियरमै उनलाई एउटा स्थापित नायिकाको रूपमा चिनाएको छ । नाइँ नभन्नु ल ४ , छक्का पन्जा र जात्रा जस्ता सफल चलचित्र पछाडीकि यी नायिकाका थुप्रै फ्यानहरु रहेका छन् । आगामी चलचित्रहरुमा दर्शकहरु उनकै लागि नि चलचित्र हेर्न सिनेमा घर जाने प्रभाव कम समयमै वर्षा राउतले दर्शकमाझ छाडेकी छिन् ।

२ . पल शाह


यी म्युजिक भिडियो स्टार आफ्नो पहिलो चलचित्र नाइँ नभन्नु ल ४ मा आउनु अघिनै थुप्रै दर्शकको मन मा बसिसकेका थिए । नाइँ नभन्नु ल ४ ले उनलाई एक खुड्किलो माथि अवस्य पुर्याएको छ र अब उनको शिघ्र प्रदर्शनमा आउन लागेको सुदर्शन थापा निर्देशित चलचित्र “म यस्तो गीत गाउछ”ले उनको करियरलार्इ नया मोड दिने अपेक्षा गरिएको छ।

३. प्रदीप खड्का


“प्रेमगीत”को प्रेम अर्थात् प्रदीप खड्काको करियरको लागि उक्त चलचित्रले राम्रो प्रभाव छाड्यो । एकै चलचित्रबाट उनको थुप्रै फ्यानहरु स्थापित भए । आफ्नो अर्को चलचित्रको चयन गर्न निक्कै सतर्क रहेका प्रदीप अब सीधै उनको सुपरहिट फिल्म प्रेमगीतकै सिक्वल प्रेमगीत -२ मा देखा पर्नेछन् । चलचित्र प्रेमगीत -२ ले अहिले बाटै निक्कै चर्चा बटुली रहेको हुदा यो चलचित्रले पनि यसको पहिलो भागकै जस्तै स्टारडम प्रदीपको करियरमा थप्ने पूर्वानुमान गर्न सकिन्छ ।

४. गौरभ पाहारी


अहिले सम्पूर्ण नेपाली संगीतप्रेमीले गुनगुनाई रहेको गीत “साइली” का मोडल गौरभ पाहारीको खातामा थुप्रै सुपरहिट चलचित्रहरु पनि छन् । साइलीको भिडियोले युट्युबमा लगभग १ करोड पटक हेरिएको आकडाको नजिक पुग्दा गौरव पाहारीको करियरलार्इ एक खुड्किला माथि ठेल्न यो गीतले पक्कै मद्त पुर्याएकै छ ।

५. अलिशा राई

  
“ठमेल बजार” गर्ल अलिशा राई लूट -२ को एउटा दर्शकले रुचाएको पक्ष बन्न पुगिन् । सौगात मल्ल, दयाहांग राई , कर्म जस्ता सशक्त कलाकारको भीडमा बसी आफ्नो सानो भूमिकाबाट पनि दर्शकको रुची पाएकी अलिशाको नृत्य को सबैतिर तरिफ भइनैरहेको छ । ठमेल बजारकै कारण थुप्रै इन्टरभ्युमा देखा परेकी अलिशाको अहिले सबै तिर चर्चा भैरहेको छ । उनको अर्को गीत “नाइँ मलाई थाहा छैन” पनि दर्शक श्रोताले मन पराइ रहेका छन् ।

६. नाजिर हुसैन


होस्टल रिटर्न्सका रामेश्वोर यादव आफ्नो स्तरीय अभिनयका लागि चिनिने गर्दछन् , सफल चलचित्रहरुमा चरित्र पात्रको भूमिकाहरूमा देखिने नाजिरको सोलो लिड फिल्म गाठो भने दर्शकले रुचाएनन् । नाजिरको अभिनयको तारिफ भने सबैले गरेका थिए । आफ्नो अभिनयकै भरमा चलचित्र जगतमा निकै बेर सम्म प्रभाव पार्न सक्ने खुबी यो कलाकारमा अवस्य छ ।

७. वर्षा सिवाकोटी


“तिमि संगै जीउने मर्ने चाहना छ मेरो” सायद यी बोलहरूमा वर्षा को उपस्थितिले उनलाई थुप्रै दर्शकहरुको मन मा ठाउ दिलायो । पछि अवार्ड विनिंग चलचित्र पशुपति प्रसादमा आफ्नो भूमिकाले गर्दा थप लोकप्रियता पाएकी नायिका वर्षा सिवाकोटीले थोरै समयमा प्रभाव छाडेकै छिन् । उनको अहिले देशभर प्रदर्शन भै रहेको चलचित्र “लप्पन छप्पन”ले पनि राम्रो ब्यापार गरिरहेको छ भने चलचित्रमा वर्षाको अहिलेसम्म नदेखिएको अवतारलार्इ पनि दर्शकले रुचाइरहेका छन् ।

८.आयुष्मान जोशी


एउटा नायकको इन्ट्री दमदार हुन जरूरी छ , आयुष्मान जोशीले चपली हाइट २ बाट चलचित्र जगतमा जुन सशक्त इन्ट्री लिए , उनको प्रशंशा गर्न बाहेक दर्शकसँग अरु केहि विकलप नै रहेन । डेब्यु नायकले उत्कृष्ट पर्फर्म गर्नेहरुको सुचीमा उनको नाम पहिलो नम्बरमै आउनेछ । अब छिट्टै कथा काठमाडौँमा देखा पर्ने यी नायकबाट अरु धेरै दमदार प्रस्तुतिको अपेक्षा दर्शकले राखेका छन् ।

९. साम्राज्ञी राज्यलक्ष्मी शाह


ड्रीम्स गर्ल साम्राज्ञी राज्य लक्ष्मी शाहको बोल्ड अवतार र स्टाइलिस प्रस्तुतिकै कारण आफ्नो पहिलो चलचित्रबाट उनले राम्रो लोकप्रियता कमाइन । उनको शिघ्र प्रदर्शनमा आउन लागेको चलचित्र ए मेरो हजुरको पहिलो गीत पनि थोरै समयमै लोकप्रिय भयो । अहिले उक्त गीत युट्युबमा पहिलो नम्बरमा ट्रेनडिंग छ । यस्तोमा भविष्यको सुपरस्टारको सुचिमा साम्राज्ञीलार्इ राख्नु जायज नै हो ।

१०. अनमोल केसी


हुन त अनमोल केसीलाई भविष्यको सुपरस्टार को सुचीमा राख्न मिल्दैन , जुन हिसाबले अनमोल पर्दामा आउदा दर्शकमाझ उनको चलचित्र हेर्ने क्रेज देखिन्छ त्यो हेर्दा लाग्छ ,यी नायक अहिले नै नेपालको युवा सुपरस्टार भैसके । उनको फ्यान फलोइंग उनको थप चलचित्रहरुसंगै थपिदै जाने त पक्का हो ।

हाम्रो पात्रो यी सबै कलाकारहरुको उज्ज्वल भविष्यको कामना गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.