कस्तो छ पल र आँचलको “जोनी जेन्टलम्यान”- समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कस्तो छ पल र आँचलको “जोनी जेन्टलम्यान”- समीक्षा




   मन्दिप गाैतम - Sep 15 2017

"नाइँ नभन्नु ल ४" का हिट जोडी पल शाह र आँचलको नँया चलचित्र “जोनी जेन्टलम्यान” आजदेखि प्रदर्शनमा आएको छ । नितिन चन्द निर्देशित यो चलचित्रले दर्शकमाझ अहिले नेपाली चलचित्रले गरिरहेको जादु कायम राख्न सक्छ त ? के पल शाहले यो चलचित्र मार्फत सफलताको ह्याट्रिक गर्न सफल हुन्छन त ? कस्तो लाग्न सक्छ दर्शकलार्इ यो चलचित्र ? आउनुहोस् जानौं चलचित्र जोनी जेन्टलम्यानको समीक्षामा ।

यो पनि हेर्नुहोस : श्याम कार्कीको “तिम्रो मायामा डुब्न देउ मलाई”

प्लट

जोनी अर्थात पल शाह जेलबाट अपराधीहरुलाई भगाउने काम गर्दछन्, उनि गलत काम सहि ढंगले गर्न खोज्ने ग्यांगस्टर हुन् । जब उनको भेट श्री अर्थात आँचलसंग हुन्छ , उनलार्इ आँचलसंग प्रेम हुन्छ र अब उनले आफ्नो पुरानो काम सब छाडी आँचलसँगै नँया जीवन बिताउने मन बनाउछन् । तर जोनीको जीवन त्यति सरल हुदैन, एक्कासी उनको जीवनमा एउटा यस्तो घटना घट्छ जसले उनलाई सोच भन्दा बिल्कुल भिन्न तर्फ मोड्छ । आखिर के हो त त्यो घटना ? के हुन्छ पल र आँचलको सम्बन्ध ? यो सबै जान्न यँहाहरुले चलचित्र हेर्नपर्ने हुन्छ ।

कथा, पटकथा र संवाद
महेश दवाडीले लेखेको चलचित्रको कथा केहि खास छैन , दर्शकलार्इ यस किसिमको थुप्रै चलचित्र हेरिसकेको महसुस चलचित्र सुरु भएको केहि समयमै हुन्छ । कमजोर कथालार्इ एउटा अव्वल पटकथाले सम्हाल्न सकिन्थ्यो तर लेखक दवाडी त्यसमै पनि चुकेका छन्, उनको पटकथा पनि निक्कै कमजोर छ । न रोमान्स फरक लाग्दछ न त चलचित्रका पात्रहरु स्थापित छन्, न चलचित्रले उठाएको चेलीबेटी बेचबिखनको बिषयमा पावर दिनसकिएको छ न त चलचित्रले हसाउन खोजेको दृश्यहरुले हासो नै दिन्छन् , समग्रमा चलचित्रको लेखन निक्कै कमजोर छ । अझ संवादहरु मध्यम स्तरीयका पनि छैन्न । नेपाली चलचित्रले अहिलेको समयमा संवादमा ठुलो फड्को मारेको छ, प्राय सबै जसो चलचित्रमा कमिक वान लाइनर देखि प्रभावशाली संवादहरु समावेश भएका हुन्छन् , यस्तोमा जोनी जेन्टलम्यानको संवादले चलचित्रलार्इ खस्काउँन भने पक्कै मद्द गरेको छ, कुनै संवादले प्रभाव पार्दैनन् ।

कलाकार
पल शाह मानौ एउटा खराब कथा पटकथा र संवादको शिकार हुन पुगेका छन् यो चलचित्रमा । उनले आफ्नो काम त ठिकठाक गरेका छन् तर मेरुदण्डनै कमजोर रहँदा उनको काम निक्कै फिक्का लाग्छ । आचलको सोभर पात्रले पहिलो हाफमा धेरै हदसम्म दर्शकलार्इ इन्गेज गर्छ । उनि सुन्दर लाग्छिन्, बाकि अभिनयमा उनले अझ पनि धेरै मेहेनत गर्नुपर्ने छ । बाकि चलचित्रका कुनै कलाकार चलचित्र सकिएर निस्की सकेपछी याद रहदैनन् । 

प्राविधिक पक्ष र सङ्गीत
रुपेश थापा र राम शरण उप्रेतीको छायाँकन मध्यम छ, नबिन निरौलाको सम्पादन तुलनात्मक रूपमा अरु पक्ष भन्दा ठिक लाग्दछ । पारस बिक्रम शाह र देब महर्जनको एक्सन मजा आँउदैन । अलिश कार्कीको ब्याकग्राउण्ड स्कोरले पनि यसपटक प्रभाव पार्दैन । थुप्रै सिन भन्दा ब्याकग्राउण्ड लाउड छन्, उनले पनि जोनी जेन्टलम्यानमा प्रभाव पार्दैनन् । 

चलचित्रको सङ्गीतले थोरै भएनी दर्शकश्रोतालार्इ आनन्द दिनेछ, अर्जुन पोखरेलको “जब जब तिम्रो साथ” राम्रो छ । बाकि अरु गीतहरु पनि ठिक छन् । 


निर्देशन
म्युजिक भिडियो र वेब सिरिज निर्देशन गरेका नितिन चन्दले जोनी जेन्टलम्यान बनाउन निक्कै कम मेहेनत गरेको बुझिन्छ, उनि थुप्रै साना साना कुरामा चुकेका छन् । स्तरीय सिनेमा आउने लहर चलेको बेला उनको यो प्रयास ओझेलमा पर्न सक्छ । उनको प्रस्तुति खल्लो छ , सस्पेन्स देखाउन खोजेको दृश्य सस्पेन्स लाग्दैन । उनले फिल्मलार्इ स्टाइलिस बनाउन खोजेतापनि चलचित्र स्टाइलिस लाग्दैन । टाइटल रोलमा रहेको जोनी अर्थात पलको इन्ट्री नै फितलो छ जसले गर्दा चलचित्र सुरु देखिनै ओरालो लाग्न थाल्छ, बीचमा पल र आचलको लभ स्टोरीले चलचित्रलार्इ थोरै माथि त पुर्याउछ तर त्यी धेरै बेर टिक्दैन । 

समीकरण

सिंगल स्क्रिन दर्शकले केहि ठाँउमा मनोरञ्जन यस चलचित्रबाट अवश्य पाँउलान्, बाकि चलचित्रले अरुलाई इम्प्रेस गर्ला भन्ने कुरामा ठुलो प्रश्न चिन्ह छ । कमजोर लेखन र निर्देशनले जोनी जेन्टलम्यानलार्इ एउटा निरासाजनक हेराइ  बनाँउदछ । 

रेटिंग : १.५ / ५



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.