कोहलपुर एक्सप्रेसको सिओडब्ल्यु काउ सार्वजनिक | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

कोहलपुर एक्सप्रेसको सिओडब्ल्यु काउ सार्वजनिक






काठमाडौं– दर्शकहरुले प्रतिक्षा गरिरहेको चलचित्र कोहलपुर एक्सप्रेसको पहिलो गीत ‘सिओडब्ल्यु काउ...' को भिडियो आज सोमबार वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर सार्वजनिक गरिएको छ ।

विवाहका थिममा छायांकन गरिएको यो गीतमा लोकप्रिय संगीतकार राजनराज शिवाकोटीको शब्द, संगीत तथा स्वर समावेश छ । गायनमा राजनराजलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।


नृत्यपरक यो गीतको कोरियोग्राफी गम्भिर विष्टले गरेका छन् । गीतमा अभिनेत्री रीमा विश्वकर्मा तथा गम्भिर विष्टको जोडीले आकर्षक नृत्य गरेको छ । दजनौं कोरससहितको उक्त गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केकी अधिकारी तथा विनोद न्यौपानेले पनि आकर्षक नृत्य गरेका छन् ।

उक्त गीतको भिडियो हाइलाइट्स रेकर्ड्सको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । हाल पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र नयाँ बर्ष बैशाख का लागि प्रदर्शन मिति तोकिएको छ ।

युवा निर्देशक विशाल भण्डारीको निर्देशनमा अभिनेत्री केकी अधिकारीद्वारा निर्मित यो चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, बिनोद न्यौपाने, बुद्धि तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई आदि कलाकारले अभिनय गरेका छन् । 


Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.