चलचित्र “कृ”को समीक्षा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “कृ”को समीक्षा




   मन्दिप गाैतम - Feb 11 2018

अनमोल केसीको निक्कै नै प्रतिक्षित चलचित्र “कृ” अहिले सिनेमा घरमा प्रदर्शन भैरहेको छ, चलचित्रमा भएको अनमोलको भिन्न लुक्सले दर्शकमा चलचित्र कस्तो होला भनि कौतुहलता बढाएको अवश्य छ । सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गरेको यो चलचित्रले दर्शकहरुको चित्त बुझाउन सक्छ त ? जानौं चलचित्र कृ को समीक्षामा ।

प्लट
कृ अर्थात "बदला" "रिभेन्ज", कामेश्वोर चौरसियाले चलचित्रको एक दृश्यमा भन्छन् । कृ बदलाको कथा नै हो । लाहुरे अनमोल छुट्टीमा नेपाल फर्किएका छन् र उनको आमाले उनलाई बिवाह गर्ने प्रस्ताव राख्छिन् । बिवाह भन्नासाथ अनमोललार्इ आफुले गाँउमा छाडेर आएको बाल्यकालको साथि केसर अर्थात अदिति बुढाथोकीको याद आँउछ । उनि आफ्नो पुरानो साथिको खोजिमा गाँउ निस्किन्छन्, त्यसपछि के हुन्छ गाँउमा ? आखिर के हुन्छ केसरलाई र को सँग कसरि बदला लिन्छन अनमोलले ? यो सबै कुरा थाहा पाउन यहाँहरुले चलचित्र कृ हेर्नपर्ने हुन्छ ।

कथा पटकथा संवाद
निर्देशक सुरेन्द्र पौडेलको यो बदलाको कथालार्इ प्रदीप भारद्वाज र आशिष रेग्मीले लेखेका हुन् । प्रदीप भारद्वाज रोमान्टिक चलचित्र लेख्न माहिर छन्, तर कृ मा उनको लेखन फितलो पर्न गएको छ । कृ का रोमान्टिक दृश्यहरु निक्कै कमजोर छन् र फेक लाग्दछन्, अनमोल र अदितिको पहिलो नाटकीय भेट नै निक्कै कम्जोर लाग्दछ । त्यसबाहेक पहिलो हाफमा अदितिको मात्र दुइ दृश्य छ जसले अनमोल र उनि बीच को रोमान्स चित्त बुझ्दो हुनसकेको छैन । लेखकले अनमोललार्इ अदिति भन्दा बढी सरोज खनालसँग अल्मल्याएको हुदा पनि चलचित्रले पहिलो हाफमा लय पकड्नै सक्दैन ।अर्को तिर चलचित्रले बदलाको कथालार्इ अघि बढाईरहेको छ र ति दृश्यहरुपनि सुरुवातमा निक्कै कमजोर लाग्दछन् ।
चलचित्रको अन्तको एक घण्टाले लय पकडेको छ, तर त्यतिन्जेलसम्म दर्शक निक्कै बोर भैसकेका हुन्छन् ।
चलचित्रका प्राय सबै दृश्यहरु कहि कतै देखिसकेको लाग्दछ, संवादले धेरै हद सम्म सम्हाल्न सकिने दृश्यहरुमा नै संवाद फिक्का लाग्दछन् । फाटफुटका केहि संवाद छाडेर बाकि कुनै संवादले प्रभाव पार्दैन ।

कलाकार
अनमोल के सीको फ्यानहरुको लागि भने यो चलचित्र अव्वल सावित हुनसक्छ। उनको दुइ भिन्न लुक्समा “एन्ग्री म्यान” को अवतारलार्इ अवश्य रुचाइनेछ । नव कलाकार अदिति बुढाथोकीले कुनै प्रभाव छाडदिनन् , उनले थुप्रै मेहेनत गर्न जरूरी लाग्दछ । कामेश्वोर चौरसिया र सरोज खनालले आफ्नो उपस्थितिलार्इ खेर जान दिएका छैनन् । अनुप बिक्रम शाहीको काम ठिक छ ।


प्राविधिक पक्ष र सङ्गीत
पुरुषोत्तम प्रधानको छायांकन ठिक छ तर निर्देशक पौडेल आफ्नो चलचित्रको सम्पादनमा भने छरितो हुन सकेका छैनन् । सैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर धेरै दृश्यहरुमा लाउड लाग्दछ । चन्द्र पन्तको एक्सन दोश्रो हाफको एक्सन सिक्वेन्सहरुमा राम्रो छ ।
कृ को सङ्गीत चलचित्रको राम्रो पक्ष मध्य एक हो । अल्मोडा राना उप्रेतीको "एति एति पानि" र "उकालीमा" गीत सुन्दा मजा लाग्दछ । बिशेष पाण्डेको "जानी नजानी माया" पनि राम्रो गीत छ । 

निर्देशन
सुरेन्द्र पौडेलको निर्देशन केहि खास महसुस हुदैन, उनको चलचित्रका धेरै दृश्यहरु अपत्यारिलो लाग्छ । उनले अनमोल र अदितिको लभ स्टोरीलार्इ नाटकीय चित्रण दिएका छन् । चलचित्र अन्तसम्म आइपुग्दा दर्शकलार्इ कुनै इमोसनले छोएको हुदैन । पहिलो हाफमा ग्रिप बनाउन असफल निर्देशकको प्रयास केवल एउटा प्रयास मात्र भै सिमित भएको छ । 

समीकरण
निक्कै निक्कै नै कमजोर पहिलो हाफले गर्दा कृ को सुरुवात नै कमजोर भएको छ, तर दोश्रो हाफ धेरै हदसम्म लयमा छ जसले गर्दा हलबाट बाहिर निस्किदा दर्शकलार्इ थोरै सन्तोष अवश्य महसुस हुनेछ । सिंगल स्क्रिन दर्शकले सिट्ठी बजाउने ठाँउहरु चलचित्रमा छन् । तर धेरै अपेक्षा बोकेर गए कृ ले खिन्न बनाउनेछ । अनमोलको फ्यानहरुको लागि भने यो चलचित्र एक पटक हेरिन सक्ने चलचित्र बनेको छ ।

रेटिंग : २.५ / ५ 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.