"एकादेशमा"को पाचौं संस्करण समापन, "लछमनिया", "लेज्ला" र "डेथ अफ ए साउण्डम्यान" बिजयी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"एकादेशमा"को पाचौं संस्करण समापन, "लछमनिया", "लेज्ला" र "डेथ अफ ए साउण्डम्यान" बिजयी




   मन्दिप गाैतम - Nov 20 2017

Changing Perspective अंशमा परेका चलचित्रहरु मध्य "Death Of A Sound Man" लार्इ चर्चित नायिका मनिषा कोइरालाको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो भने Future Of Cinema अंशमा रहेका चलचित्रहरु मध्य "Lejla"लार्इ अर्की चर्चित नायिका नम्रता श्रेष्ठको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो ।



उत्साहजनक दर्शकको सहभागिता बीच स्तरीय चलचित्रहरु प्रदर्शनको शृंखलालार्इ अन्त्य गर्दै "एकादेशमा अन्तराष्ट्रीय लघु चलचित्र महोत्सव"को पाचौं संस्करणको समापन भएको छ । बिजेता चलचित्रहरुलाई अवार्ड प्रदान गरेर यो महोत्सवको समापन भएको हो । समापन अघिको क्लोसिंग सेरेमोनीमा भने 8 Minutes, You Are Seeing Things, Time Code र A Curious Girl गरि ४ चलचित्र पनि प्रदर्शन गरिएको थियो ।


महोत्सवमा CHANGING PERSPECTIVE र FUTURE OF CINEMA विधाका चलचित्रहरु बीच प्रतिष्प्रधा पनि भएको थियो । उक्त प्रतिष्प्रधामा निम्न चलचित्रहरु बिजेता रहे ।

Best short film (changing perspective) : Death Of A Sound Man

Best short film (future of cinema): Lejla


Special Mentions (Future Of Cinema) : Sog, Afternoon Clouds  


Special Mentions (Changing Perspective) : Silver Bangles, Mare Nostram 


Audience Choice Award : Lachamaniya


Changing Perspective अंशमा परेका चलचित्रहरु मध्य "Death Of A Sound Man" लार्इ चर्चित नायिका मनिषा कोइरालाको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो भने Future Of Cinema अंशमा रहेका चलचित्रहरु मध्य "Lejla"लार्इ अर्की चर्चित नायिका नम्रता श्रेष्ठको अगुवाईमा रहेको निर्णायक प्यानलले अव्वल ठहराएको हो । त्यसबाहेक कार्यक्रममा ज्युरीलार्इ समेत सम्मान गरिएको थियो ।


विजेता चलचित्रहरु सबैलाइ हाम्रोपात्रोको तर्फबाट धेरै बधाई । हाम्रो पात्रो यस महोत्सवमा सहभागी भएका ४३ देशका सबै ९९ चलचित्रका सबै चलचित्रकर्मीहरुको प्रयासलार्इ सम्मान गर्दछ र आगामी दिनहरुमा अझ सशक्त चलचित्र बनाउन सबै चलचित्रकर्मीहरुमा आफ्नो शुभकामना ब्यक्त गर्दछ ।

पाचौं संस्करणमा उत्साहजनक दर्शकको उपस्थितिले हौसिएका एकादेशमा अन्तराष्ट्रिय लघु चलचित्र महोत्सवका आयोजक टोलिहरु महोत्सवको समापनमा निक्कै खुशी देखिए । यो महोत्सव हरेक संस्करणमा थप ठुलो हुदै जादै छ, एकादेशमाको यसअघिको चौथौं संस्करणमा ३८ देशका ७८ चलचित्रहरु समावेश गरिएको थियो भने यो बर्ष चलचित्रहरु निक्कै बढे । यसअघि २ दिन मात्र महोत्सवमा सहभागी भएका चलचित्रहरुलाई आम दर्शकको लागि प्रदर्शन गरिने यो महोत्सवमा यस बर्ष ९९ चलचित्रहरु प्रदर्शन गर्नपर्ने भएकाले चलचित्र प्रदर्शन हुने दिनहरुलाई बढाएर ३ दिन बनाइएको थियो । आशा गरौ छैठौं संस्करण यो भन्दा ठुलो र उत्कृष्ट चलचित्रहरुले भरिएको हुनेछ ।

देश र बिदेशमा रहेका सम्पूर्ण इन्डीपेन्डेन्ट चलचित्रकर्मीहरुको लागी एकदेशमा चलचित्र महोत्सव आफ्नो काम देखाउने माध्यम हो । स्वदेशी र अन्तराष्ट्रीय दर्शक र हस्तीहरुको सामु आफ्नो चलचित्र देखाएर उनिहरुबाट सल्लाह सुझाव पाउनु फिल्ममकेरले पछी गर्ने कामको लागी पनि प्रभावकारी हुने भएकाले पनि एकदेशमा चलचित्र महोत्सव महत्वपुर्ण छ । हाम्रो पात्रो आयोजकहरुको यो प्रयासको कदर गर्दछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.