Madan Krishna Praises Nepgasm | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यो पनि एउटा तरीका नै रैछ, हास्य व्यंग्य यहाँ पुगीसक्या रैछः मदनकृष्ण श्रेष्ठ





नेपाली हास्य व्यंग्यका पितामह 'मह'का मदनकृष्ण श्रेष्ठ तथा सर्वप्रिय सदाबहार कलाकार किरण केसीको विशेष उपस्थितिमा लोकप्रिय गायकद्वय सत्य राज आचार्य, स्वरुप राज आचार्य, नेपाली फुटबलका स्टार स्ट्राइकर रोहित चन्दको उपस्थितिमा NepGasm ले आफ्नो पाँचौं संस्करणको Stand-Up कमेडी सम्पन्न गरेको छ ।

NepGasm ले टिकट बिक्रि तथा आफ्नो प्रचारप्रसारमा दुवै मूर्दन्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसी उपस्थित हुने कुरो सार्वजनिक गरेको थिएन । हलमा उपस्थित सम्पूर्ण दर्शकले जब अचानक आफ्नो सामू आफ्नो प्रिय कलाकारलाई देखे हलमा बेग्लै खुशी र उल्लासको आवाज आउन थाल्यो । दुवै कलाकारले उठेर दर्शकदिर्घामा अभिवादन व्यक्त गरेसंगै लामो समयसम्म तालीको गडगडाहट भइरह्यो, सिटी बजिरह्यो । कार्यक्रममा 'मह'का ह अर्थात् हरीवंश आचार्य भने अस्वस्थताका कारण कार्यक्रममा उपस्थित हुनसक्नुभएन ।

NepGasm का डोरेस खतिवडा, लेखमणी त्रिताल, बिवेक उप्रेति, यूकेजी तथा सरोज भण्डारी बेग्ला बेग्लै प्रस्तुतिमा राजनीति, समाज, दोस्ति यारीका अनेक किस्सा अनि व्यंग्यले राष्ट्रिय सभागृहमा भरीभराउ पाँचसय बढी युवाहरुको ताली, हाँसो र खित्काले हलको स्थिति भूईंचालो भन्दा कम थिएन ।

डोरेस खतिवडाबाट प्रारम्भ भएको यस Stand-Up कमेडीको समापन 'रमेश अंकलको छोरो' पात्र उपनामले परिचित लेखमणी त्रितलको प्रस्तुतिबाट सम्पन्न भएको थियो । यस अघि देशका धेरै ठाउँमा तथा यूट्यूब च्यानलबाट निरन्तर आफ्नो व्यंगात्मक प्रस्तुति दिंदै आएका कलाकारहरु नेपाली हास्य व्यंग्यका भगवान मदनकृष्ण श्रेष्ठको सामू आफ्नो कला प्रस्तुत गर्न पाउँदा हर्षित देखिन्थे ।

डोरेस खतिवडाको प्रस्तुति लगत्तै NepGasm का पाँचैजना कलाकारहरुले दुवै मूर्दन्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा किरण केसीको योगदानका लागि सम्मानपत्र प्रदान गरेका थिए । सम्मानपछि कलाकार किरण केसीले दर्शकहरुको अपार उपस्थिति र नयाँ कलाकारहरुको काम देखेर सार्ह्रै हर्षित भएको र नेपाली हाँस्यव्यङ्गको डोरी नयाँ पुस्ताले मज्जाले हाँक्नसक्ने कुरा व्यक्त गर्नुभयो । उपस्थित दर्शकहरुको सम्मानमा उनको अघिल्लो चलचित्र शत्रुगतेको सुपरहिट गीत रुपै मोहनी र पातलीलाई नक्कलीलाई कसरी बे गरुँ गीत मज्जैले गाईदिए भने भर्खरैमात्र मह संचारको प्रस्तुतिमा सार्वजनिक भएको सुदन केसीद्वारा निर्देशित किरण केसीको आगामी चलचित्र "दालभात तरकारी"को पहिलो गीत 'भिजिट भिसामा'लाई मनपराउनुभएकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

सम्मान ग्रहणपछि आफ्नो मन्तब्यको क्रममा आदरणीय कलाकार मदनकृष्ण श्रेष्ठले "मैले त यो सम्मान कलाकारहरुलाई मैले पो दिने होला भन्ठानेको त मलाई पो सम्मान गरे त! तरिका हो ? भन्दै डोरेशकै कमेडी पञ्च सापट लिएपछि हलमा फेरी एकपटक हाँसोको फोहोरा छुट्यो । यति भन्दैगर्दा छेवैमा रहेका डोरेस खतिवडाको आँखाको आँसुले भने ठाउँ छाड्यो, उनले आफूलाई थाम्न सकेनन र भक्कनिएर रुन थाले । यो सब हेरीरहनुभएका मदनकृष्ठ श्रेष्ठले फेरी थप्नु भो "यो पनि एउटा तरीका नै रैछ । हास्यव्यङ्ग यहाँ पुगीसक्या रैछ । वहाँहरुका लागि दर्शकहरुको उपस्थिति देखेर म छक्क परेको छु ।"

रमाइलो त के भने अधिकांश कलाकारका आमाहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । आफ्ना छोराहरुको कामलाई मनपराउने दर्शकहरुले भरीभराउ हलमा बेलाबेला आँखा डुलाउनुहुन्थ्यो वहाँहरु । लेखमणी त्रितालले आमालाई देखाउँदे भने "देख्नुभो त म कसरी मोटाउँदै छु यत्रो दर्शकहरुले मलाई माया गर्छन यही हो यसको कारण अब यत्रो स्टार छोरोलाई अब तैंले पढ्नु पर्दैन, कत्ति सुति रहेको भन्ने हैन छोरोले गर्छ बुझ्नुभो?" भन्दैगर्दा आमाको अनुहारमा मुर्छा नहुञ्जेलको हाँसो थियो ।

कलाकार सरोज भण्डारी (झक्कास झापाली)ले "आफ्नो प्रस्तुतिका दौरान दर्शकहरुलाई आफूहरुले त अहिले प्राईमरी कक्षा संचालन गरीरहेका छौं वहाँहरु (कलाकार मदनकृष्ण श्रेष्ठतर्फ देखाउँदै) त साक्षात युनिभर्सिटि हुनुहुन्छ । यहाँको आशिर्वाद सहितको गरिमामय उपस्थितिले हामीलाई अघि बढ्ने हौसला मिलेको छ" भन्नुभयो । सिटि बजिरह्यो तालि गुञ्जीरह्यो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.