अहिले "मेरी मामु" सिनेमाघरमा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

अहिले "मेरी मामु" सिनेमाघरमा





सफल चलचित्रहरु "प्रेम गीत" र "प्रेम गीत २" जस्ता सफल चलचित्रहरुको स्वाद दर्शक माझ पस्किसकेका निर्माता सन्तोष सेनको सुपुत्र आयुब सेनको डेब्यु चलचित्र "मेरी मामु" हिजो शुक्रवारबाट देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको छ।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको चौथौ चलचित्र "मेरी मामु"ले हिजो शुक्रवार सुखद ओपनिङ्ग पाएको विभिन्न श्रोतहरुबाट जानकारी प्राप्त भएको छ। बालमनोबिज्ञानमा आधारित एउटा आमा र छोराको पृथक कथा दर्शक माझ प्रस्तुत गरेका निर्माता सेनले चलचित्रको प्रमोसनमा भने कुनै कमि छाडेका छैनन्। चलचित्र "मेरी मामु"मा आयुब बाहेक सरुक ताम्राकार, अश्लेषा ठकुरी र नव नायिका कुसुम श्रेष्ठको अभिनय देख्न सकिनेछ।

चलचित्रको "मलाइ माफ गरिदेउ आमा" बोलको गीतले रिलिज पुर्व नै ब्यापक सफलता पाएको थियो। त्यसैगरी हिजोबाट प्रदर्शनमा आएको चलचित्रलाइ दर्शकले निक्कै मन पराएको खबर विभिन्न ठाउहरुबाट थाहा भैरहेको छ। हाम्रो पात्रो "मेरी मामु" टिमलाइ अझ धेरै सफलताको शुभ कामना ब्यक्त गर्दछ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.